
ललित बिष्ट फागुन १,कालिकोट। २७औं जनयुद्ध दिवशको अवसरमा पलाँता गाउँपालिकाले चौंथो निरा स्मृति कपको उद्घाटन गरेको छ। सहिद परिवार , जनयुद्धका हरेक मोर्चा सामना गर्ने बिरयोद्धा,घाईते,अपांग,उत्कृष्ट कर्मचारी,खेलाडिलाई सम्मान गर्दै निरा स्मृति कपको उद्घाटन गरीएको हो।
कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम, राष्ट्रि भलिबल संघका केन्दीय उपाध्यक्ष ऐन बहादुर शाही ,सहिद परिवार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जनयुद्धका हरेक मोर्चा सामना गर्ने बिरयोद्धा,घाईते,अपांगहरुको सपना पुरा गर्ने बताए ।जनयुद्धको महत्वपूर्ण युद्ध मोर्चामा मृत्यु हुने सहिदको सम्मझनामा गाउँपालिकाले यो कार्यक्रमको आयोजना गरेको थियो।
karnalipress
१ फाल्गुन २०७८, आईतवार २०:३८