साउन ११,कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरुले नगरपालिका विरुद्ध उजुरी दिएका छन् । नगर प्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाही विरुद्ध बिहिबार उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा मुद्दा गर्दा भएको छ । खाँडाचक्र नगरपालिकाले असार १० गते साझ करिव २ घण्टा नगरसभाको उद्घाटन मात्र गरेर नगरसभा सम्पन्न भएको जनाएको थियो ।
उद्घाटन शत्रमा गरिएको माइनुटमै नगरप्रमुख र उपप्रमुखले आर्थिक बर्ष २०८०/०८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप छ । सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटीएको,मनोमानि बजेट ल्याएको, जन्तामुखि नभइ जनप्रतिनिधि मुलक बजेट बनाएको लगायतका बिषयमामा नगरपालिकाका ११ जना वडा अध्यक्षको समर्थनमा ९ जनाले मुद्दा दिएका हुन् ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले खर्च गरेको बजेट तिर्नु पर्ने भन्दै आर्थिक बर्ष २०७९/२०८० मा कुनै पनि ठुला योजनामा काम नगरेको नगपालिकाले यस बर्ष पनि ५ करोड भन्दा बढी पुरानो तिर्नु देखाएको छ । स्थानीय सरकार संचालन ऐन अनुसार नगर प्रमुख र उप प्रमुखले कुनै पनि कार्य नगरेकाले अदालत सम्म पुग्नु परेको वडा नं. ६ का अध्यक्ष दिनेश बहादुर शाहीले बताए ।
वडा नं. १ का कार्यवहाक अध्यक्ष भदे्र कामी सहतका वडा अध्यक्षहरुले रिट दायर गरेका छन्। नगरपालिकाले जनताको हितमा काम नगरेको भन्दै पटकपटक बिवाद हुदै आएको थियो । पहिला पनी जनताको हितमा काम नगरेको भन्दै वडाअध्यक्ष हरुले नगरपालिकालाई छाप र कलम बुझाएका थिए ।
नगरपालिकामा फेरी अध्यक्षहरुले रिट दायर गरेका छन्। अघिल्लो आर्थिक वर्षमा खासै उपलब्धी मुलक काम नगरी बिवादमै एक वर्ष बिताएका थिए ।यो वर्ष पनी नगरपालीकाले भत्ता नै भत्ता को लागि बजेट छुट्टाएको स्थानीयको भनाइ छ ।
karnalipress
११ श्रावण २०८०, बिहीबार १९:२८