साउन २९, कालिकोट । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको ,चाैखाेलामा र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोट सूचना अधिकारी पाेषण थापाका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ। उक्त स्थानमा आइतबारदेखि परेको वर्षाले साेमबार बिहानदेखि सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ।
पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै सडक डिभिजन कार्यालयले जनाएको छ।
उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताईएकाे छ। स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन्।
karnalipress
२९ श्रावण २०८१, मंगलवार १४:३८