
कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)काे प्रथम भेला मान्ममा सुरुभएकाे छ।
नेता विश्वराज वमकाे सभा अध्यक्षता तथा संविधान सभा सदस्य तुलराज बिष्ट,कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाही,चित्रसिंह गाउँले,कमलबहादुर शाही,नरहरिनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्ट ,शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चाैलागाँई, उपाध्यक्ष पम्फा कुमारी शाही ,लगाएतका नेताहरुकाे सहभागीतामा प्रथम भेला सुरु भएकाे हाे।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)काे अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रमबाट जिल्लामा रहेका नेताहरुलाई पार्टीमा एक ढिक्का भएर लाग्न अनुराेध गरिएको छ।
नेता माधवकुमार नेपालले केन्द्रमा नयाँ पार्टी दर्ता गरेको हुदा अवकाे दिनमा कालिकोटका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीमा रहि पार्टीलाई सकृय बनाउन अनुरोध गरिएको युवा नेता हिक्मतजंङ मल्लले जानकारी दिनुभयो ।
।



karnalipress
११ भाद्र २०७८, शुक्रबार १५:२८