
ललित विष्ट भाद्र ५,कालिकोट ।
कालिकोटको सेरी पान्तडी सडकको निमार्ण कार्य अलपत्र परेको छ। बिभिन्न मितिमा ठेक्कागर्दै काम गर्न लागेको ३७ वर्ष सम्म सडक पुरा नहुदा सेरी पान्तडी सडकको निमार्ण कार्य अलपत्र परेको हो।
२०४२ सालबाट निमार्ण थालिएको खाँडाचक्र नगरपालिकाको सेरी घाट देखि महावैको पान्तडी सम्मको २३ किलोमिटर सडकको हाल सम्म १४ किलोमिटर ट्रयाक खोल्ने काममात्र भएको छ। सेरी पान्तडी सडक निमार्ण कार्य अलपत्र हुदा शुभकालिकाको सुकाटिया,राराकाटिया,महावैको गेला,पाद्म घाट,तिलागुफालगाएतका नागरिकले दैनिक दुःख भेक्नु परेको छ ।
शुभकालीका गाउँपालिका निवर्तमान अध्यक्ष खडानन्द्र चौलागाईँले मान्म जोडने सडक निमार्ण हुनु भन्दा पहिला २०४२ सालमा सर्भे गरि सिधै सेरीघाट देखि जुम्ला सडक नाम राखि ५१÷५२ सालबाट नेपाली सेनाले कामसुरु गरेको बताए । उनले पछि मान्मबाट सडक खन्ने काम हुदा त्यो सडक अलपत्र परेको बताए ।
शुभकालिका गाउँपालिकाले पनि यो सडक निमार्ण गर्दा २ करोड ४९ लाख खर्च गरेको छ । यस्तै पुर्वाधार बिकास कार्यालयबाट २०७६ देखि ७८ सम्म दुई करोड ८४ लाख खर्च भएको छ । र आर्थिक वर्ष २०७८÷७९मा २२ करोड ५५लाख ६७ हजार ६० रुपयामा ठेक्का भएर काम अगाडि बढेको पुवाधार कार्यालयका इनजिनियर लक्ष्मण पाण्डेले बताए । उनले भने ‘पहिला जिल्ला बिकास समितिले पनि खर्च गरेको देखिन्छ । अहिले प्यासिफिक कर्ण कन्टक्सन र सरिता कृष्ण निमार्ण सेवालाई सेरी र पान्तडी सडको जिम्मा दिएको बताए ।
प्यासिफिक कर्ण कन्टक्सका ईन्जिनियर अजुन गैतमका अनुसार सेरी देखि पान्तडी खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा आफुले पाएको बताए । उनले भने ‘सडकको ग्याबिन पाईपको काम पनि छ । सेरी सडक खण्डमा आधा काम गरेका छौं । वर्षातले अहिले काम केही महिना रोकिएको हो ।’ ठेकादार तारा शाहाले चट्यान धेरै हुदा ढिलो भएको बताईन्। ३७ वर्ष सम्म पनि सडक निमार्ण कार्य सम्पन्न नहुदा यो सडकले अन्यवलता र्सिजना गरेको छ।
‘पहिला भोट माग्न गाउँमा आउदा सांसद भएका कुर्मराज शाहीले यो सडकलाई मेन एजेन्डा बनाएर भोट मागे तर अलिले उनि सांसद हुदै मन्त्री पनि भए सडक अलपत्र अवस्थामा रहेको छ ।’ स्थानिय हस्तबहादुर शाहीलले गुनाशो गरे ।



karnalipress
५ भाद्र २०७९, आईतवार ०९:४०