
ललित विष्ट पुस ६,कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबण्डामा कर्मचारी राख्ने गरेको रहस्य खुलेको छ । स्थानीय सरकारले करारमा कर्मचारी नियुक्ती गर्दा स्थाई कर्मचारीले समेत भाग माग्ने गरेको रहस्य खुलेको हो । कर्मचारीकै कोटामा प्रशासन अधिकृतको श्रीमतीले पनि जागिर पाएपछि सबै कुरा सार्वजनिक भएको छ ।
अझै भन्दा अघिल्लो सरकारले पाँच वर्ष अगाडी नियुक्त गरेका कर्मचारीलाई सेवावाट बर्तमान सरकारले हटाएपछि स्थाई कर्मचारीले समेत आफ्न्त भर्ति गरेको कुरा पनि सार्वजनिक गरेका थिए । कर्मचारीको कोटामा भर्ति भएका करार कर्मचारीले तीन महिनाको एक दिन कार्यालयमा आएर हाजिर लगाएर तलव लिने गरेको पनि खुलेको छ ।
काम गर्नु पदैन तर महिना मर्ने बितिकै काम चोर तथा पहुँचवाला कर्मचारीका आफन्तको खातामा तलव भत्ता भने भुक्तानी हुने गरेको छ। ‘मलाई पनि खासै थाह त छैन तर कसैले श्रीमती कसैले छोरी र वुहारीलाई नियुक्ती दिएर तलव खुवाएका छन्। एक कर्मरीले भने । खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत अबिराज शाहीले आफ्नो श्रीमतीलाई आफै नियुक्ती दिएर जागिर खुवाएका छन्। उनले २०७८ साल फागुन १ गते वाट तलव पाउने गरी सामाजिक परिचालक तह पाँचौमा आफ्नी श्रमती प्रगती ठकुरीलाई नियक्ती दिएर आफै हाजिर लगाउने र तलव भत्ता श्रीमतीको खातामा जाने सम्मको सेटिङ मिलाउनु भएको पाईएको हो ।
आफ्नो अधिकारको दुरुपयोग गरी जनप्रतिनिधिलाई प्रभावमा पारेर आफ्नै श्रीमतीलाई आफै नियुक्ती गरी आफै हाजिर लगाएर नगरपालिकावाट तलव भत्ता लिएर अख्तीयारको दुरुपयोग गरेको पाईएको हो । खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा रहनु भएका अबिराज शाहीले आफु निमित्त प्रमुख प्रशासकिय अधिकृत भएका बेला आफ्नो श्रीमती प्रगती ठकुरीलाई नगरपालिकाको सामाजिक परिचालक पाँचौ तहमा नियुक्ती गरेको आफैले स्वीकार गरे । उनले नगरपालिकाले नियुक्ती गरेका एक सय तीन (१०३) जना कर्मचारी मध्य ४१ जना जतिले मात्र काम गरेर तलव खाने गरेकाले मेरो पनि भाग चाहियो भनेर आफ्नो श्रीमतीलाई नियुक्त गरेको सनाए ।
अबिराज शाहीले जसले जे भनेपनि मेरी श्रीमती सामाजिक परिचालक भएकाले प्राय गाउँमा जाने भएकाले कसैले देखेनन, तर हाजिर उनले आफै लगाउने गरेको र काममा पनि खटिने गरेको दावी गरे। उनले अख्तीयारमा उजुरी परेको सुनेकाले ल्यावमा हाजिर परिक्षण गरी घटना पुस्टी गर्न चुनौती दिएकाछन्। मैले भागवण्डामा श्रीमती दक्ष पनि भएकाले नियुक्ती गरेको हो । तर काम नगरी आफै हाजिर लगाएर श्रीमतीलाई जागिर खुवाएको होइन त्यो गलत भएको दावि शाहीको छ ।
नगरपालिकाका एक कर्मचारीले नगरका प्रमुख प्रशासकिय अधिकृत जसिप्रसाद चौलागाई माघ १२ गते बिदामा बसेको मौका छोपि १३ गते प्रशासन शाखा प्रमुख अबिराज शाहीले निमित्त भएको मौकामा कर्मचारी आबस्यक्ताको सुचना प्रकाशन गरी १४ गते आफैले करार सम्झौता गरेर कागजी प्रक्रिया पुरा गरेको जानकारी दिए । उनले आफुलाई सुरक्षित राखिदिन समेत आग्रह गर्दै । तर यो कुरा अबिराजले अस्वीकार गदै फागुन १ गते वाट नियुक्ती भएको र तलव भत्ता पनि उसै दिन देखि गणना भएको बताए । उनले आफ्नो श्रीमतीलाई सात महिना मात्र जागिरमा राखेको तर अरुले वर्षो सम्म तलव भत्ता खुवाएको जिकिर गरे ।
जिल्ला प्रशासन श्रोतले भने प्रगती ठकुरीका वारेमा अनुसन्धान भईरहेकाले केही वोल्न नमिल्ने बताएको छ । अबिराज शाहीले भने नगरप्रमुखको तोक आदेशमा आफ्नो श्रीमती प्रगती ठकुरीको नियुक्त गरिएको दावी गदै कुनै पनि गैरकानुनी नभएको दावी गरेका छन्।
लेखा शाखा प्रमुख धिरवहादुर शाहीले भने आफुलाई नियुक्ती पत्र आएकाले ८ महिना अर्थात २०७८ साल फागुन देखि २०७९ साल असोज सम्म तलव निकासा दिएको कार्तिकमा सुचना पाएपछि तलव भुक्तानी नदिएको बताए । प्रगती ठकुरीको बिषयमा कसैले पुस वाट हाजिर भएको माघमा नियुक्ती भएको र फागुनवाट हाजिर भएको भने छुट्टा छुट्टै दावि गरेका छन । यो घटना अनुसन्धानमा भएकाले सबै भन्न नमिल्ने नगरपालिकाले पनि भन्दै आएको छ ।



karnalipress
६ पुष २०७९, बुधबार २०:३७