पलाँता गाउँपालिकाको ५ बर्षे उपलब्धिमा काम धेरै

चैत्र२१ कालिकोट। पलाँता गाउँपालिकाले ५ बर्षमा काम धेरै जनप्रिय काम गरेको छ । स्थानिय तहको चुनाव पहिलाको पलाँता गाउँपालिका पलाँता र अहिलेको पलाँता भौतिक र सामाजिक बिकासमा गुणात्मक फरक देखिएको हो।

स्थानिय तहको चुनाव पछि पहिलो सरकारको नेतृत्व गर्न एक सफल युवा नेतृत्व लक्ष्मण बम पलाँति कान्छाले दर्जनौ राम्रा काम पनि गरेका छन्।, भने स्थानियको जनजिबिकामा पनि उल्लेखनीय परिबर्तन आएको छ।  पलाँतामा यो नेतृत्व प्रतिको आक्रसणले जनताको अध्यक्ष बम प्रति ठूलो आशा छ।

पलाँति जनताको जनजिब्रोमा बस्न सफल पलाँति कान्छा सरकार संचालनामा सफल भएका छन।

५ बर्षमा गरेका केही  लोकप्रियकामहरु। 

प्रत्यक बडामा जन स्वास्थ्य सेवा केन्द्र स्थापना ,स्थानिय सरकारको स्वामित्वमा पलाँता अस्पताल संचालन,सहिद स्मृति आबाशालय संचालन,प्रत्यक वडामा मा.बि स्थापना,टोल टोलमा बाल शिक्षा स्थापना,प्रत्यक मा बिमा खेल मैदान र खेल शिक्षकको दरबन्दी सिर्जना,एक मा.बि एक चौकिदार ब्यबस्थापन,प्रत्यक मा बि कम्प्युटर ल्याप संचालन र कम्प्युटर शिक्षक दरबन्दी सिर्जना र ब्यबस्थापन,एक मा बि एक पुस्तकालय स्थापना र पुस्तकालय साहायकको दरबन्दी सृजना र ब्यबस्थापन, एक वडा एक सुपथ मूल्य पसल,पुर्ब जनमुक्ति सेना आयाआर्जन कार्यक्रम,पलाँता रोजगार कार्यक्रम अन्तर्गत बिकाश निर्माण कार्यदल स्थापना,स्थानिय तहको पहिलो रेडियो पलाँता आवाज स्थापना ।

अङ्ग्रेजी माध्यमबाट  बिद्यालय संचालन, निजि बिद्यालय संचालनमा रोक,ड्रममाथि राखेर नदिबाट जिप तारेर जिप सेवा सुरु, 5 वटा बर्थिङ सेन्टर स्थापना,एक घर एक धाराको कार्यक्रम अन्तर्गत 11 सय धारा बितरण र 31 वटा खानेपानि आयोजना संचालन बाँकि बस्तिमा आर बि टि सम्म पानी झारेको, 250 किलोवाट बत्ति उत्पादन र 7 वटा वडामा बति संचालन, दाम्रिगाडमा पक्कि पुल निर्माणाधीन,76 किलोमिटर सडक ट्रयाक खोलियो, ओदि जाँफे , जाँफे गोठालि चौर ,मोहोर तिप्गाड दुर्सि , जारकोट ओखलढुंगा देखि थिर्पु , बोक्चु पारौटि , बेल्केढुङ्गा बेर्सनकोट माछा , दुरा माछा हुँदै हिमा , कयारदेव भतेडा हुँदै रारा , मोहोर रानिबिसौना लोडे , रानिबिसौना बान्जाडा हुँदै राडुनेटा ।

सैन खाडा लार्फ हुँदै डोरि , सैन हुदै पुलाँहा, सैन हुँदै काङ्ग्रा , दाम थाडि ढकेना सडक निर्माण आयोजना सम्पन्न,थला तल्सेरि बान्जाडा बृहत् खानेपानी आयोजना, किच खिन बृहत सिचाइ आयोजना,राडुनेटामा युद्ध पर्यटकीय स्थल निर्माण,निरा स्मृति रङ्गशाला सैन,अङ्गाउ , बेल्केढुङ्गा , ठुलामाडु पर्यटकिय स्थल निर्माण,गापा केन्द्र सर्बसम्मत लोडेजिउलामा स्थापना र दुईटा पक्कि भबन निर्माण, कयारदेवमा आयुबेद्धिक अौषधालय स्थापना,कयारदेवमा प्रहरी चौकि स्थापना,कयारदेवमा रबिन बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण कार्य सुरु ।

सरस्वती मा बि राडुनेटा ,देउलि मा बि उखाडिमा कृषि कक्षा संचालन र कृषि ल्याप स्थापना,9 वटा ट्रस ब्रिज र झुलङ्गे पुल निर्माण,37 वटा कृषकलाई भैंसी बितरण,अग्नि पिडितलाई खाडामा घर निर्माण, एक वडा एक कृषि पकेट क्षत्र घोषणा र कृषि अनुदान कार्यक्रम संचालन,महिला ससक्तिकरण कार्यक्रम संचालन र 450 जना महिला उद्यमि श्रृजना,किशोरी ससक्तिकरण कार्यक्रम संचालन,उर्जा शाखा स्थापना गरि 15 जना कर्मचारी ब्यबस्थापन,निरा स्मृति कप संचालन ।

पुर्व जनमुक्ति सेनालाई लडेको ठाउँमा भ्रमण र घाईते योद्धा लाई स्वास्थ्य परिक्षण र उपचार,बेसाहारा बालबालिका को ब्यबस्थापन र पठनपाठनको ग्यारेन्टी, जनयुद्धका सम्पूर्ण सहिदहरुको नामा भौतिक सम्रचनाको नामाकरण,बिपन्न नागरिकलाई खाद्यान्न बितरण कार्यक्रम,अस्पतामा जेष्ठ नागरिकलाई निसुल्क उपचार सेवा,पलाँता अस्पतालमा बिपन्न र टुहुरा बालबालिकालाई निसुल्क उपचार सेवा संचालन,टोल टोलमा स्वास्थ्यकर्मी कार्यक्रम संचालन,संयमसेबिकालाई प्राश्रमिकको ब्यबस्थापन,बिपन्न आवास कार्यक्रम,बिपन्न नागरिक राहात कार्यक्रम,बिपतबाट दुघटना भएका ब्यक्ति लाई 1 लाखको राहात हस्तान्तरण कार्यक्रम,बार्षिक एक लाख फलफुका बिरुवा बितरण कार्यक्रम,जडिबुटी संरक्षण कार्यक्रम, रस्टिक स्टोटर स्थापना,कृषि उपज संकलन केन्द्र निर्माण,एक वडा एक नर्सरि अनुदान कार्यक्रम,खानेपानी माहाँसघ र बनउपभोक्ता माहासंघ को कर्मचारी सहित कार्यालय स्थापना,जेष्ठ नागरिक सुरक्षा सामाग्री बितरण लगाएतका थुप्रै उत्कृष्ट काम भएका छन।