
ललित विष्ट चैत्र २३,कालिकोट । धेरै स्थानीय कष्टकर यात्रागर्न बाध्य छन्। गत असोज १९ देखिको अविरल बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा झोलुंगे पुल भत्काएपछि स्थानीयले बचेको पुलको बीचमा काठको भ¥याङ बनाएका छन्।
बाढीले बगाएको पुलको आधा भागमा भ¥याङ लगाएर पुलबाट आवतजावत गरिरहेका छन्। आधाभाग पुल त्यसैमा पनी काठको भ¥याङ लगाएर बनाएको पुल । देख्दा धेरैको मन रमाउन्छ । तर यरको ब्यथा भने फरक छ । असोज १९ देष्खिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भ¥याङ ७ महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।
असोजको अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुंगे पुल क्षतिग्रस्त बनाएको थियो। वारपार गर्नै गाह्रो भएपछि स्थानीयले दुई लाख रूपैयाँ खर्च गरेर तिलानदीबाट आएको भँगालो र कर्णाली तर्न पुलको बीचमा काठको र्भयाङ बनाएका थिए ।
नरहरिनाथ,सान्नीत्रिवेणी,रास्कोट,पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रीह?लाई हिँड्न समस्या परेको छ । स्थानीय नरजंग मल्लका अनुसार तिलानदीको भँगालोमा लाप्को (फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुल) र पुल बगाउन बाँकी रहेको बीच भागमा काठको र्भयाङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको छ ।
यात्रा सहज भएपनी पुल जोखिममा छ स्थानीय तहले उक्त पुलको मर्मतमा ध्यान दिएका छैनन। तिलानदीको शिव मन्दिरनजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुंगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका हुन्। पुलमा यात्रा गरिरहेका स्थानीयले कर्णालीका नेताह?लाई गालिगर्ने गरेका छन्।
‘पुलमा पुग्न भ¥याङ बनाउनु अन्यथा होइन’, एक स्थानीयले भने,‘पुल जोखिमपूर्ण छ तत्कालका लागि नदी वारपार गर्ने उपाय अपनाइएको हो । अहिले ७ महिना बितिसक्यो यहाँका स्थानीय तहले मर्मतका लागि पहल चालेको देखिएन।’ बेमौसमी वर्षाले कालिकोटमा घर,सडक,पुल,विद्यालय, खानेपानी,सिँचाइलगायत संरचनामा ठूलो क्षतिर्पुयायो ।
अचेल बाढीले बजार र पुल क्षतिग्रस्त बनाएपछि केही वर्ष पहिलेदेखि नजिकैको हाट बजारको ? पमा कार्यम रहेको जितेबजार सुनसान पछि बगरमा परिनत भएको छ । यसअघि दैनिक झन्डै पाँच सयजनाले आवतजावत गर्ने पुलमा अहिले दैनिक करिब एक सयजनाले मात्र वारपार गरिरहेका छन्। स्थानीय तहका प्रमुखह?ले बजेट अभाव भएको देखाउदै आएका छन्। नागरिकले भने दैनिक कष्ठपूर्ण यात्रा गर्न बाध्य छन्।
स्थानीय गणेश विष्टका अनुसार सरकाको ध्यान नगएपछि अहिले सम्म स्थानीयह? कष्ठटकर यात्रागर्न बाध्य छन्। उनले भने अपठ्यारो पुलमा सबै कुरा अभाव छ । पुलको आधाभाग छैन्। आाधा भागमा काठको भ¥याङ बनाएर आवगमन गर्नेगरेका छन्। स्थानीयले सरकाले छिटो पुल मर्मत गरेको भए स्थानीयलाई यात्रागर्न सहजहुने बताएका छन्।
क्षेतिग्रस्त जिते बजार र कष्टकर यात्रागर्ने स्थानीयह?



karnalipress
२३ चैत्र २०७९, बिहीबार १८:३७