गण्डकी सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

२५ असोज,काठमाडौं । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त भएका छन्।सोमबार मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन्। कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको र सोमबार साँझ शपथ हुने जनाइएको छ।

डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ।गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शपथका लागि तयारी गर्दै गरेका विश्वकर्मालाई मन्त्री नबनाएर उनको स्थानमा बिन्दु कुमार थापालाई मन्त्री बनाएका थिए। जसको चर्को आलोचना भएको थियो।

त्यतिबेला गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट ३ जना मन्त्री थपिएका थिए। तीनै जना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सांसद विश्वकर्माको नाम अन्तिम समयमा काटिएको थियो। उनको स्थानमा पोखराका विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो।