बालबिवाह कसूरमा दैलेखमा २ जना पक्राउ

दैलेख । बालविवाह गरेको कसूरमा दैलेख प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डुंगेश्वर गाउँपालिका–५ बस्ने विक्रम नेपाली र बालिका रहेका प्रहरीले जनाएको छ ।

बालिकालाई ललाई फकाई प्रलोभनमा पारी विवाह गरेर घरमा राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

दुवै जनालाई अनुसन्धानका लागि दैलेख अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।