विद्यार्थी युवाहरुको ताती अध्यक्ष बम लाई भेट्न

श्रावण १७,कालिकोट । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम गएको विहीबार राजधानी काठमाडौं आए सँगै राजधानीमा विभिन्न पेशा र शैक्षिक क्षेत्रमा आवद्ध कर्णालीका विद्यार्थी युवाहरूले पछिल्लो देशको बिग्रँदो राजनैतिक समस्या दर्शाउँदै शनिबार अध्यक्ष बम लाई ललितपुर स्थित गोदावरी चौरमा भेटेका छन् ।

केन्द्र त केन्द्रै भएको र कालीकोटमा नौ वटा स्थानीय तह हुँदा पनि लक्ष्मण बम कै नाम र कामको मात्रै प्रशंसा भएको यो किन र कसरी भएको भन्ने विषयमा भेटघाट केन्द्रित भएको नमराज न्यौपानेले जानकारी दिनुभयो ।

 

सो अनौपचारिक भेटघाटमा अधिकांश युवा विद्यार्थीहरूको प्रश्न कालिकोटका सबै स्थानीय तहको बजेट लगायत सम्पूर्ण कार्यभार एउटै हुँदा पनि पलाताको मात्रै यतिधेरै विकास र रोजगारीको अवसर यहाँले कसरी प्रदान गर्नु भयको हाे ? भन्ने रहेको थियो ।

उनिहरुको सबै प्रश्नको यउटै जवाफ जुन विश्वासले स्थानीय नागरिकहरूले मलाई आफ्नो अमूल्य मतदानगरी मलाई यो जिम्मा प्रदान  गर्नुभयो त्यसैको उपलब्धि भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले दिनु भएको थियो ।

उहाँले भन्नु भयो अबको विकास उत्पादन र पर्यटन मुखी विकास गर्ने र समग्र जिल्लाको आर्थिक उन्नतिमा टेवा पुग्ने खालका विकासिय कार्ययोजनाहरू जिल्ला भरी सञ्चालन गर्ने गरी प्रदेश सरकार र संघीय सरकार सँग समन्वय गर्ने गरी आफू संघीय राजधानी काठमाडौं आएको हुँ ।

जनयुद्धको विचार धारा नै तराईका नागरिक लाई पर्यटकीय उत्पादन सँग जोडेर पहाड पुर्याउने र पहाडका नागरिकलाई तराई पुर्याउने उदस्य रहेकोले आफूले यही विचार धारालाई अँगाली काम गरेको युवा भेटघाटमा बमले स्पष्ट पर्नुभयो ।

यस्तै केही व्यक्तिवादी विचार र फरक पार्टीका केही साथीहरूले आफूमाथि अस्त्रधारी षड्यन्त्र गरेर आफू पछि नहट्ने र सम्पूर्ण नागरिकको जनजिविकाको लागि  निरन्तर लागि पर्ने अध्यक्ष बमको भनाई छ।@janataraibar