कर्णाली नदीको पानीको सतह पुरानै अबस्थामा

असोज २६ कालीकोट। गएराती वाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं १ को जुड्डीभिरबाट खसेको पहिरोले थुनिएको कर्णाली नदी बिस्तारै पुरानै लयमा फर्किएको छ । दुई घण्टासम्म कर्णाली नदी थुनिएको थियो । स साना खोला र केही समय पछि पहिरो माथिवाट वगेको पानीले कर्णाली नदीमापानीको बहाव सामान्य खोला जस्तै भएको थियो । दुई घण्टापछि भने नदी आफ्नो पुरानै लयमा बग्न थालेपछि स्थानीयमा त्रास केही कम भएको छ ।
अहिले भने नदीले आफ्नो पुरानै सतहमा बग्न थालेको कालीकोट प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलयले नदी बिस्तारै सतहमा आएकाले ठूलो जोखिम टरेको बताउनुभयो । बाजुराका प्रहरी प्रमुख मदनदीप महाराले सुख्खा पहिरो अहिले पनि झरिरहेको तर जोखिम भने कम हँुदै गएको वताउनुभयो । करिव एक किलोमिटरसम्म कर्णाली थुनिएर ताल बनेको छ । पहिरो माथिवाट कर्णाली वगिरहेकाले जोखिम भने कम हो की भनेर अनुमान गर्न सकिने वताउनुभयो ।

आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा आठ देखि १० मिटर तल झरेको स्थानीयले वताएपछि केही समय अन्यौल भएको थियो
केही समयपछि स्वामिकार्तिक गाउपालिका स्थित रुपादेबी आधारभुत बिद्यालयका शिक्षक दानवहादुर धामीले वडा नं १ को रुडीतलवाट पहिरो झरेका कारणले कर्णाली नदी थुनिएको प्रहरीलाई जानकारी दिनुभयो । कालीकोटको पालाँता गाउँपालिका वडा नं ९ कर्णालीको किनारमा छ । त्यहाँ शिक्षक लंकबहादुर बमले पनि कर्णालीमा पानीको सतह पूरै घटेको सूचना गरेपछि थप सोधखोज हुदा बाजुरामा पहिरो गएका कारणले कर्णाली नदी थुनिएको सुचना सबै तिर फैलिएको थियो ।
शिक्षक बमले नदी एक्कासि सुकेपछि नागरिक त्रसित भएका थिए भने केही नदी किनारमा माछा छोप्न गएका थिए । पलाँताका सब इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदी किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालय र्थिपुमा पुगेर प्रहरीलाई समेत खवर गर्नुभएको थियो ।
उहाँले सुरक्षा निकाय सबैलाई खवर गरिदिन अनुरोध समेत गर्नु भएको थियो । फोन राम्रो नचल्ने पलाँतामा नागरिक एकातिर त्रसित थिए भने अर्को तिर माछा छोप्नमा ब्यस्त पनि भएका थिए । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानबीय क्षति हुनसक्ने भन्दै छलफल भएको थियो । तर नदीले बिस्तारै आफ्नो पुरानो सतह लिन थालेपछि त्रास कम भएको थियो ।
हुम्लाको हिल्सावाट बग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका इन्सीपेक्टर महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको आफूलाई खवर आएपछि सबै तिर नेपाली सेना सशस्त्र प्रहरी र परिचालन गरेर नागरिकलाई सचेत गराउने काम भएको बताउनुभयो । कालीकोटको रेडियो नयाँ कर्णाली लगायतका स्थानीय एफएम रेडियोहरुले पनि नदी आसपासका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा जान भनिरहेका थिए ।