
१७ पुस,कालिकोट। कालिकोटको खाँडाचक्र नगरपालिकाका स्थानीय सेवाका कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। खाँडाचक्र नगरपालिकाकाे आयोजनामा शनिवार देखि मान्ममा कार्यक्रम सुरु गरिएको हाे।
कार्यक्रममा नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे,उप-प्रमुख विजया बिष्ट,प्रमुख प्रशासकीय अधिकृत जसिप्रसाद चाैलागाईं,कर्मचारी,वडाध्यक्ष लगाएतकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख पाण्डेले नगरपालिका भित्र आउने हरेक सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन र चित्तबुझ्दो ढङगले सेवा गर्न अनुरोध गर्दै नगरपालिकाले गरेको हरेक काममा साथ दिन र कुनै समस्य आएमा नगरपालिकालाई खवर गरी आफ्नाे पेसा गत सुरक्षाको साथमा काम गर्न सबैलाई सुझाव दिएका थिए ।
कार्यक्रम भाेलि सम्पन्न हुने छ।



karnalipress
१७ पुष २०७८, शनिबार १०:३०