कालीकोटको सुनथराली विमानस्थल फागुन १४ गते उद्घाटन हुने

फागुन ११, कालीकोट। कालीकोटको सुनथराली विमानस्थलको फागुन १४ गते उद्घाटन हुने भएको छ। झन्डै ३८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको कालीकोटको एक मात्र सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा भएको थियो । निर्माण पूरा भएको डेढ वर्षपछि तिन पटकको मितिले भाका नाघे पनि अब नयाँ मिति फागुन १४ जुरेको नरहरिनाथ गाउँपालिकाका प्रबक्ता प्रदिप बोहोराले बताए । यसका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको बताइएको छ ।

कालीकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल,संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिद्वारा विमानस्थल  उद्घाटन गर्ने कार्यक्रम रहेको छ  ।