
कालिकोट
कर्णाली प्रदेश विकासका दृष्टिकोणले अन्य प्रदेश भन्दा धेरै पछाडी परेको नेकपा माओवादि केन्द्रका पोलीट व्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र बहादुर शाहीले बताएका छन । कर्णाली प्रदेशवाट विकासको नेतृत्व गर्न सक्ने ठाउँमा कुनै पनि नेताहरु पुग्न नसकेको उनले बताए । अव कर्णाली प्रदेशको विकास र समृद्धि गर्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको बताए ।
आफु २ पटक चुनाव जितेर एक पटक संघको मन्त्रि र एक पटक कर्णाली प्रदेशको मुख्यमन्त्रि भईसक्दा पनि कर्णाली प्रदेशको नेतृत्वदायी भुमिकामा पुग्न नसकेको उनको भनाई छ । उनले अव कर्णाली प्रदेशले देशको प्रधामन्त्रि जन्माउनु पर्ने वेला आएको बताए । सान्नी त्रिवेणी गाउपालिकामा बाम लोकतन्त्रिक गठबन्धनको चुनावि आमसभा कार्यक्रममा वोल्दै नेता शाहीले यस्तो बताएका हुन ।
उनले आफु २ पटक मन्त्रि भईसक्दा पनि कालिकोटको विकास के भयो भन्ने प्रश्न उठेको भन्दै उनले भने, आफु पहिलो पटक सविधान सभा सदस्यमा निर्वाचित भएपछि संविधानमा कर्णाली प्रदेशका नागरिकहरुको हक अधिकारमा विषयमा आवाज उठाएको हुँ । उर्जा मन्त्रि भईपछि कालिकोटका अधिकांस बस्तीमा विधुत पुगाएको र अहिले नागरिकहरु उज्यालोमा वस्न पाएका छन ।
कालिकोटका जनताहरुको आर्थिक स्तर उकास्नका लागि फुकोट कर्णाली हाईडोपावर योजना लागु गरेको उनको भनाई छ । यस आयोजना सम्पन्न भएको दिनदेखि कालिकोटका हरेक नागरिकहरुको बैंक खातामा पैशा जम्मा हुने उनले बताए । यत्रि मात्र हैन लालु देखि लैफु सडक खण्ड, बडिमालिकामा ९ करोडको योजना , पचालझरनामा र पीलीमा २ ठूलो योजना लागु गरेको बताए ।
२०७० सालको निर्वाचनमा आफु कर्णालीवाट हिडेर भोट माग्न आएको स्मरण गर्दै उनले अहिले प्रतेक वडामा सडक पुगेको र गाडिमा हिड्न पाएको बताए । उनले अझै पनि केहि अधुरा कामहरु रहेका कारण आफु पुन निर्वाचनमा होमिएको बताए । उनले भने , मैले मेरो नाम कमाउनका लागि थुप्रै अवसर पाईसके । नाम र पदका लागि अव सांसद बन्दिन । कर्णाली प्रदेश र कालिकोट जिल्लाको विकास र समृद्धिका लागि , यहाँका नागरिकहरुको जिवन स्तर उकास्नका लागि र यहाँका नागरिकहरुको आवाजलाई संसद भवनमा पुगाउनका लागि आफु प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको बताए ।
उनले वाम लोकतान्त्रीका गठबन्धनले ल्याएको प्रतिबद्धता पत्रमा उल्लेख भएका कुराहरु जितेर गएको पाँच वर्षमा सबै पुरा गर्ने प्रतिवद्धता समेत जनाएका छन । उनले आफ्नो प्रतिबद्धता पत्र घरमा सुरक्षित साथ राख्न आग्रह गर्दै भोली पुरा गर्न नसकेको खण्डमा यसको जवाफ माग्न समेत अनुरोध गरे । उनले गठबन्धनका उम्मेदवारलाई भोट हालेर जिताएमा भोली भोटको अपमान नहुने गरि काम गर्ने र भोट हालेर पछुताउनु पर्ने वातावरण नहुने समेत बताए ।
यस्तै प्रदेस सभा सदस्य पदका उम्मेदवार हिक्मत बहादुर विष्टले कालिकोट जिल्लाको विकास गठबन्धनले मात्र गर्न सक्ने ठोकुवा गरे । उनले संविधानको उलंघन गर्ने, विकास देख्न नसक्नेका लागि यो गठबन्धन वनेको बताउदै गठबन्धनको विजय हुन नसकेमा फेरी देशमा अराजकता फैलिने बताए । उनले यहाँको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धता आफुले चुनाव जितेर गएमा एक एक गरि पुरा गर्ने बताए ।
उनले अरुको जस्तो भाषण गरेर मतदाता आकर्षित गर्ने नभएर काम गरेर देखाउने समेत बताए । उनले एक पार्टिले अर्को पार्टिको उम्मेदवार भोट हाल्दैनन्, यो देखावटि गठबन्धन हो भनेर हल्ला फैलाएको बताउदै उनले यस्ता हल्लाको पछि नलाग्न समेत आग्रह गरे । उनले कालिकोट जिल्लामा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारको विजय हुने देखेपछि अन्य पार्टिहरु आत्तिएर विभिन्न भ्रमहरु फैलाउन थालेको समेत बताए ।
प्रतिनिधि सभा सदस्य तथा नेता महेन्द्र बहादुर शाही कालिकोट जिल्लाको राजनितिक अभिभावक रहेको माओवादि केन्द्रका केन्द्रीय सदस्य जिवन बुढाले बताए । उनले कालिकोट जिल्लाको राजनितिक अभिभावकले चुनाव जित्नै पर्ने आवश्यकता औँल्याउदै उनले कालिकोट आवाज संसद भवन सम्म पुगाउने र त्यहाँ वोल्ने अर्को कुनै पनि उम्मेदवार नरहेको बताए । उनले महेन्द्र शाहीले कहि गरेन भनेर प्रचार गर्नेहरुले २०७० भन्दा पछाडी फर्केर हेर्न समेत आग्रह गरे । उनले बाम लोकतान्त्रीक गठबन्धका उम्मेदवारलाई जिताउनका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्न समेत आग्रह गरेका छन ।
नेकपा माओवादी केन्द्र प्रदेश सभा सदस्य तथा सान्नी त्रिवेणी गाउँपालिकाकी ईन्चार्ज मिठ्ठु बम शाही सैलेजाको अध्यक्षतामा संचालन भएको चुनावि आमसभाको प्रमुख अतिथि नेकपा माओवादि केन्द्रका पोलीट व्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र बहादुर शाही रहेका थिए भने, विशिष्ट अतिथिमा नेपाली काग्रेसका नेता तथा प्रदेश सभा ख का प्रदेस सभा सदस्य पदका उम्मेदवार हिक्मत बहादुर विष्ट , नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य जिवन बुढा रहेका थिए । कार्यक्रममा बाम लोकतान्त्रीक गठबन्धनका नेता कार्यकर्ता आम नागरिकहरुको सहभागिता रहेको थियो ।



karnalipress
२० कार्तिक २०७९, आईतवार १८:२५