
३१ भदाै, एजेन्सी ।हरेक वर्ष जस्तै यस वर्षपनि अमेरिकी प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा नेतृत्व विधामा अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म रहेका छन् । टाइमले हरेक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ ।
यस वर्षको सूचीमा तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ । बारदार अन्तरिम सरकारको उपप्रधानमन्त्री छन् । बारदारले अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका थिए। पछिल्लो समय तालिबानले काबुल कब्जा गर्दा रक्तपातविहीन भएको र असरफ घानी सरकारका अधिकारीहरूलाई आममाफी दिने निर्णयमा बारदारको भूमिका रहेको टाइमले जनाएको छ। त्यस्तै सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि रहेकी छिन् । बनर्जी नेतृत्वको तृणमूल कंग्रेसले गत मार्चमा भएको विधानसभा चुनावमा बहुमत ल्याएको थियो । २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा तृणमूलले २१३ सिट जितेको थियो । बेनर्जीलाई टाईमले ‘भारतीय राजनीतिमा उग्रताको अनुहार’ का रूपमा चित्रित गरिएको छ ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा टाइमले मोदीले मुलुकलाई ‘धर्मनिरपेक्षताबाट हिन्दु राष्ट्रवादतर्फ धकेलेको’ उल्लेख गरेको छ । जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि भारतीय राजनीतिमा दबदबा कायम गर्ने नेता मोदी भएको टाइमको प्रोफाइलमा लेखिएको छ । त्यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावाला पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् by-nepaltimes
karnalipress
३१ भाद्र २०७८, बिहीबार १८:४६