“सपना भित्रको महलको राजा म” जिवन लक्ष्य हो ।

भाद्र २०,कालिकोट। सपना बिना अधुरो हुन्छ त्यसैले सपना देख्नु मानिस हुनुको अर्थ हो । हामी सबै सपना जीवन सुख पाउने र सफल नै बन्ने हो । यता पनि सपना उता पनि सपना जता हेर्यो उतै सपना त्यहि सपनाले रुवाउछ कहिले त्यहि सपनाले हसाउछ । त्यहि सपनाले छुटाउछ । त्यहि सपनाले जुराउछ ।अनि त्यहि सपनाले झुपडी लाई महल बनाई दिन्छ । कहिले त्यहि सपनाले महललाई झुपडी बनाईदिन्छ । हो यस्तै यस्तै जिन्दगी र जिवनमा मा धेरै कथित बनाउने एक पात्र हुँ म । जेहोस सपना भन्ने कुरा उमेर,बाताबरण र संगतमा नै भर पर्ने रहेछ ।

सानो हुँदा मिठो बोल्ने र राम्रो खाने राम्रो लगाउने सपना थियो । तर उमेर बड्दै गयो सोच र सपना ले माकुरो को जालो झै जेलिदै गयो अनि स परिवार को जीवन घरको अबस्था हेर्दा ढुङ्गा माटोले बनेको मेरो घर सानो झुपडी खरको छानो अनि बिहान बेलुका छाक टार्न पनि दिन भरि को काम गर्दै थाकेका मेरा पुजनीय बाबा आमाको मुहार हेर्छु अनि मुहारमा कुनै सुनौलो सपना त छाडौ छाक कसरी टार्ने भनेर बगेका आशु अनि पसिना का थोपा अनि त्यहि छानो भित्र अनेकौं गुम्स्याएर सपना बन्ने म पात्र को सपना चट्टानको बिचमा पानी को मुल फुटे सरी फुटेका महान समुन्द्र बिना अलपत्र परेका मुहान सरि बगेका मेरो सपनाले कहिले हो जिन्दगी को गोरेटो बनाउने । हुदाँ त जन्म पछि मृत्यु अबश्य छ तेहि पनि यो पापी संसार मा रहुन्जेल सम्म जीवन जियर मर्नु छ ।

मलाई कुनै महलमा बस्नु छैन चौरासि बन्जनको भोजन गर्नु छैन बिलासीयन जीवन जिउन छैन । बस यो संसारमा रहन्जेल छर छिमेकि दाजु भाइ इष्ट मित्र संग रमाई रमाई बाँच्नु छ । तछाड मछाड होईन । स्वतन्त्र नेपाली को पहिचान दिनु छ । आमा र बाबाले हरेक गाँस,गाँस मा पसिना बगाएको खाना पानी खाए र जीवनको लक्ष्यमा हिलेको पात्र हुँ,कसैले कुनै याङ्गल बाट तेर्साएर बोलेको शब्दको साहास रहन्जेल सम्म प्रतिकार गर्ने छु । कसैको हराम गरेको सम्पत्ति खाएर हराबरा जिवनको सपना बुनेको पात्र हैन म । कसैले बगैंचा को कोपिला टिपेर प्रचण्ड घाममा सुकाउने कुचेष्टा गरेका लाई कुचेष्टा कै महल बनोस् । मलाई लाग्छ हण्डर बिनाको जीवन ठक्कर विनाको जवानी लम्काउदै हिड्ने बेचैनीको खेती जस्तै लाग्छ । अनि त्यहि अनेकौं पीडा लाई उजाकर गर्नु मेरो पहिलो लक्ष्य हो ।

कसैको धाग छैन मलाई कसैको लोभ छैन कसैबाट त्रास छैन । म स्वतन्त्रताको महल को बाटो बनाउने मान्छे । कसैले जुन बिचार धाराले जे देख्छ त्यहि बनोस् । अनि ढुङ्गा ढुङ्गा बिचबाट पिसेर निस्केको अन्नले त रुप दिन्छ भने म त मान्छे हुँ अरु केही नभए पनि चेतनाको भए छ । कोहि कतै बाट रङ फर्ने छेपारो बनेको देख्दा प्रसंङ्सा त गर्ने मन लाग्छ । आखिरी कता कता नेता ज्यू बाट सुन्ने गरेको छु मौरी जता डुलेपनि आखिरी घारमै फर्किनु पर्छ । हो यी मान्छे का बिचारमा बाधा हुन आउनेको लक्ष्य आखिरी चरन बन मात्र अलग हो आखिरी बाँस त एउटै होईन र । यस्तो समाजमा बाचेको मान्छे हुँ म । आखिरी जीवन जिउन त नेपालको राजधानी बस्नु पर्ने छैन म आफ्नै कर्म भुमि मा नै स्वर्गको एक टुक्रा हो भन्ने महसुस गरेको छु ।

मलाई यहिनै स्वर्ग छ । केहि नभए पनि कालो अक्षरलाई सुगन्ध मा बदल्न आमा बाबुको पसिना बाट सिकेको छु । मलाई त्यो महलमा बनेको सुगन्ध पुर्ण खाना भन्दा झुपडी मा बनेको सिस्नाको डुटो अनि डुटाकाे रोटी मन पर्छ । बेलुकी को खाना बनाउदा आमाले भान्छा मा भात बसाएर तरकारीको लागि छाप्रि र हसिया बोकेर खेतमा दौडिदै सिस्नु टिपेर पकाएर पेट भरेको मान्छे आफु त । मलाई नौ,नौ जाला बुन्न जानेको छैन । यदि सिकाउने संस्कार समाजमा बसाल्छ भने औला उठाउन जानेका छौ । अनि यहि समाजलाई फुलाउनु छ,फलाउनु छ । राम्रो सन्ततीको बिकास गर्नु छ । यहि समाजमा मर्नु छ,यहि समाजको जिउदाको जन्ती मर्दाको मलामी बन्नु छ । कतै शहरीया जीवन जिउने हद छैन । त्यसैले मैले देखेको सपनाको समाज नहुन्जेल मेरो यात्रा अधुरो नै रहने छ । जिवनले जिउन देखाउछ । सपनात केवल जीवनलाई अर्थ्याउने माध्यम हो । त्यसैले हो । सपना भित्रको राजा मात्र।

लेखकः गणेश बहादुर शाही , जगन्नाथ बाजुरा ।