रेडियो सुनथरालीकाे उद्धघाटन

कालिकोट, नरहरिनाथ गाँउपालीकाद्धारा संचालनमा आएकाे रेडियो सुनथराली एफ एम ९०.६ मेघाहर्जकाे मंगलवार देखि नियमित  परिक्षण प्रसारण सुरु गरिएकाे छ।

मंगलबार नरहरिनाथ गाउँपालिकाको वडा नं. ३ डाडाँमाडुमा एक कार्यक्रमका बिच  रेडियोको उद्धघाटन गरिएको हाे।

गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्ट,उपाध्यक्ष मनशोभा बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका पुर्वअध्यक्ष तुलाराम पाण्डे , लगाएको  उपस्थितीमा रेडियोकाे प्रसारण उद्धघाटन गरिएको थियो ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले  विकट ठाउँमा रेडियोले निष्पक्ष रुपमा सुचना र समाचार प्रसारण गर्न जोड दिदै  रेडियोलाई आवाज विहिनहरुको आवाज बन्नका लागी नियमित रुपमा प्रभावकारी कार्यक्रम चलाउन अनुरोध गर्नुभएको छ।