
ललित बिष्ट जेठ ४,कालिकोट । महावै गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता खेम बहादुर सिंह (भजन)विजयी भएका छन् । उनि २ हजार २ सय ७४ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मातृका सिंहले १ हजार १ सय ३९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेका दानसिंह सेजुवाल विजयी भएका छन् । उनले २ हजार २ सय ७१ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सृजन शाहीले ८ सय २१ मत ल्याएका छन् । पालिकामा एमाले र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो । यो गाउँपालिकामा अघिल्लो पटक नेपाली काँग्रेस र नेकपा एमालेले जितेको थियो ।



karnalipress
४ जेष्ठ २०७९, बुधबार १७:३२