नेपाली काग्रेस कालीकोटका ८१ वडा सभापति निबिरोध निर्वाचित,

भाद्र २८,कालिकोट। कालीकोट जिल्लाका ८२ वडा मध्य ८१ वडाका सभापतिहरु निबिरोध निर्वाचित भएका छन । काग्रेसको १४ औँ राष्ट्यि महाँधिवेशनलाई लक्षित गरी भएका वडाका अधिवेशनमा कालीकोटका ८२ मा ८१ वडा सभापति निविरोध निर्वाचित भएभने एक वडामा मात्र निर्वाचन भएको छ । काग्रेस कालीकोटले यसपालि युवाहरुको प्रतिनिधित्वमा जोड दिएको पाईएको छ।

जिल्ला भरी ४० प्रतिसत युवाहरु ४० वर्ष मुनिका वडा सभापतिमा निर्वाचित भएका छन । वाँकी ६० प्रतिसत वडा सभापति पनि ४० वर्ष देखि माथि ५५ वर्ष उमेर समुहका भएको काग्रेसको दावि छ । केही वडा मात्र ५५ देखि माथि उम्मेर समुहका सभापतिमा आएको वताईएको छ । भदौँ २२ गते एकै दिन वडा अधिवेशन सम्पन्न गर्ने भनेको नेपाली काग्रेस कालीकोटले सर्वसम्वत गराउन केही दिन समय भने लिएको थियो ।

शनिवार सम्म सबै वडाका अधिवेशन सकिएको र दुई वडा स्थानीय तहका अधिवेशन समेत सम्पन्न भईसकेका छन । काग्रेस कालीकोटले सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका सभापति र पलाँता गाउँपालिका सभापति चयन गरिसकेको छ ।

सर्वसम्वत रुपमा सम्पन्न भएका ८१ वडामा दुवै पक्षले आ आफ्नो वहुमत रहेको दावि गरेका छन । सस्थापन पक्ष अर्थात सभापति देउवा पक्षका नेता दमनवहादुर शाहीले जिल्लाका नौ स्थानीय तह मध्य चार स्थानीय तहमा आफ्नो पक्षको एकल बहुमत रहेको दावि गर्नुभयो । उहाँ आफै पनि यसपालि जिल्ला सभापतिको आकाँक्षी हुनु हुन्छ ।

उहाँले आफु सभापतिको उम्मेदवार आफ्नो टिमवाट सर्वसम्वत भएमा जिल्ला भरीका ८२ वडा मध्य ५६ वडा सभापतिले आफुलाई सर्मथन गर्ने दावि गर्नुभयो । तर आफु सभापतिको उम्मेदवार नभएको खण्डमा भने वडा सभापति देखि अन्य प्रतिनिधिहरु ५० प्रतिसत बिभाजित हुन सक्ने वताउनुभयो ।

सस्थापन इतर पौडेल पक्षका नेता भुपेन्द्रजंग शाहीले कालीकोट निर्वाचन क्षेत्र क भित्रका ३७ वडामा दश वडाका सभापतिहरु मात्र आफ्नो पक्ष भन्दा वाहिर रहेको वताउनुभयो । उहाँले २७ वडा सभापति निर्वाचन क्षेत्र क का आफ्नो पक्षमा खुलेरै लागेकाले आफु वहुमतमा रहेको वताउनुभयो । नेपाली काग्रेसको युवा संगठनका केन्द्रीय महामन्त्री समेत रहनु भएका नेता शाहीले सभापति देउवा समुहका कालीकोटका नेताहरु गणितमा निकै कम्जोर भएको वताउनुभयो ।

कुनै पनि हालतमा कहिलै पनि रामचन्द्र पौडेल पक्ष नछोडेका नेताहरु वडा सभापतिमा आएका तिनै सभापतिहरुलाई देउवा पक्षले आफ्ना भनेर दावि गर्नुले उनिहरुको गणित कति सत्य छ भन्ने कुरा स्पष्ट हुने वताउनुभयो । देउवा पक्षका नेताले भने ५६ वडाका सभापति आफ्नो पक्षमा रहेको दावि गरेका छन । उनिहरु ५६ मा ७ देखि १० जना सभापति दोधारमा रहेकाले उनिहरुलाई छोडेर ४६ जना सभापति त आफ्नै पक्षमा रहेको दावि गरेका छन । उता संस्थापन इतर पौडेल समुहका एक नेताले आफ्नो पक्षमा ६५ भन्दा वढी वडाका सभापति रहेको दावी गर्नुभयो ।

नेताहरुले प्रदेश क मै १७ जना सभापति सस्थापन पक्ष भन्दा वढी आफ्नो पक्षमा भएकाले उनिहरुको आकलन गलत भएको भन्दै आएका छन । सभापति चयन भएका दुई स्थानीय तहका सभापति पलाँता र खाँडाचक्रका साथै अरु वडाका गरी जम्मा ६५ जना सभापति आफ्नो पक्षमा रहेको पौडेल समुहको दावि छ ।