चुनावका प्रतिबद्धता पुरा गर्दै नगर उपप्रमुख थापा

असार १४ राकम।  दैलेखको आठबिस नगरपालिकामा  नवनिर्वाचित उपप्रमुख कल्पना कुमारी थापाले यतिबेला  चुनावमा जनतासामु गरेका प्रतिबद्धता पुरा  गर्न  सफल भएकि छन् ।
जिल्लाकाे दुर्गम मानिने आठबिस नगरपालिकामा    सुत्केरी हुन  घन्टौं हिडेर स्वास्थ्य संथा  पुग्ने बाध्यता हटाई  सुत्केरी  हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा  प्रदान गरेकि हुन्।

चुनाव प्रचार—प्रसारको क्रममा नगर उपप्रमुख  थापाले आफुले  जिते  सुत्केरी महिलालाई  निःशुल्क  एम्बुलेन्स सेवा प्रदान गर्ने बतनएकि थिइन्।

नगरपालिकामा निर्णय गर्दै उपप्रमुख थापाले जनताको हरेक सुखदुःखमा साथ दिने प्रतिबद्धता समेत जनाएकि छन् ।
नगरपालिका भित्र सुत्केरी हुन नसकेका दुईजना महिलालाई याे भन्दा पहिला  उपप्रमुख थापाकाे पहलमा हेलिकप्टरमार्फत  उद्वार गरिएकाे थियो ।

नगरपालिकाका सवै वडामा   ३ बर्ष भित्र विद्युतीकरण  गरि नागरिकलाई उज्यालो दिने, शिक्षालाई गुणस्तरीय बनाउने जस्ता महत्त्वपूर्ण निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत  दिलबहादुर शाहीले जानकारी दिए।