नेपाल स्काउटद्वारा अध्यक्ष र उपाध्यक्ष दीक्षित

साउन २३,कालिकोट । महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र उपाध्यक्ष दानसिंह सेजुवालले दीक्षा ग्रहण गरेका छन् ।

नेपाल स्काउटका कर्णाली प्रदेश संयाेजक कमल बाेहरा,कर्णाली प्रदेश स्काउट कार्यालय प्रमुख नरेन्द्र बाेहरा,नेपाल स्काउट,महावैका संयाेजक देउलासिंह ठकुरी लगाएतले महावै गाउँपालिका स्थानीय स्काउटद्वारा आयोजित एक बिशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरिएको हो ।

दीक्षान्त पश्चात मन्तव्य राख्दै नेपाल स्काउट कर्णाली प्रदेशका संयाेजक कमल बाेहराले नेपाल स्काउट युवाहरुलाई नैतिक शिक्षा,अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउन महावै गाउँपालिकाका स्थानीय स्काउटले साथ दिनुपर्ने बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन स्थानीय तहमा स्थानीय स्काउटकाे आवश्यक रहेको बताए ।

दीक्षा समारोहमा महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र उपाध्यक्ष दानसिंह सेजुवाल लगाएत पालिकाकाे सिङ्गो टिमलाई दीक्षितसमेत गरिएको थियो ।

दीक्षान्त कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले स्थानीय स्काउटहरुलाई पालिकाले सहयोग गर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन स्काउटले विशेष पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल स्काउटका कर्णाली प्रदेश संयाेजक कमल बाेहाेरा,कर्णाली प्रदेश नेपाल स्काउट कार्यालय प्रमुख नरेन्द्र बाेहाेरा,नेपाल स्काउट,महावैका संयाेजक देउलासिंह ठकुरी,लगाएतकाे उपस्थिति रहेको थियो ।

नेपालमा स्काउट सन् १९५२ मा स्थापना भएको हो । यो हालसम्म कर्णालीका सबै जिल्लामा क्रियाशिल रहेको छ ।

अनुशासन,साहस एवं सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको छ। स्काउटको मिसन अनुसार नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान चलाइएको छ। युवाहरूको भौतिक,बौद्धिक, सामाजिक,आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य स्काउटले लिएको बताईएको छ।

स्काउट विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती,बालवालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक,शैक्षिक,सामाजिक,मानसिक,सांस्कृतिक,दैबिक प्रकाेपलगाएको क्षेत्रमा निरन्तर कार्यमा लागि परेको नेपाल स्काउटका कर्णाली प्रदेश संयाेजक कमल बाेहरा जानकारी दिए ।