खाँडाचक्रको मात्र खाता सञ्चालनमा, तलव समेत नपाउने त्रास कर्मचारीलाई

असोज २०,कालीकोट। कालीकोटका नौ स्थानीय तह मध्य आज सम्म एक स्थानीय तहको मात्र खाता सञ्चालनमा आएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकको तलव भत्ता खाने समय तीन दिन मात्र वाँकी रहदा खाँडाचक्र नगरपालिकाले मात्र खाता सञ्चालनमा ल्याएर तलव, भत्ता, सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सुरु गरेको छ ।

बिकासे वजेट लगाएतका वजेटको सम्झौता गरेर काम सञ्चालन गर्नु पर्ने र कामको मुल्यांकन गरी भुक्तानी गर्नु पर्ने भएपनि हाल सम्म कसैले पनि खाता सञ्चालन गर्न नसक्दा दशैमा तलव नआउने खतरा पनि उस्तै वढेको छ । कर्मचारीले आफुहरु दशै खर्च समेत नपाउने त्रास वढेको वताउन थालेका छन ।

रास्कोट नगरपालिका वडा नं २ मोतिराम माविका शिक्षक लक्ष्मीप्रसाद चौलागाईले तल आउने निश्चित नभएको वताउनुभयो । आज मात्र नगरका हाकिम निकासाका लागि .कोलेनिका जानु भएको भन्ने सुनेको वताउनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोटका कोषनियन्त्रक वसन्त श्रेष्ठले आज २० गते सम्म जिल्लाका चार स्थानीय तहले खाँता सञ्चालनका लागि सिफारिस लिएको वताउनुभयो । उहाँले खाता सञ्चालन गरी काम गरे गरेनन थाह भएन तर आफ्नो कार्यालयवाट खाता सञ्चालन गर्ने भनेर चार स्थानीय तहले सिफारिस लिएको वताउनुभयो ।

सिफारिस लिनेमा सबै भन्दा पहिला खाँडाचक्र नगरपालिका रहेको छ । नगरपालिकाले खाता समेत सञ्चालन ल्याईसकेको र भुक्तानी प्रक्रिया पनि सुरु भएको जनाएको छ । नगरका लेखापाल पुर्णचन्द्र काफ्लेका अनुसार खाता सञ्चालनमा आएको र सबै भुक्तानी तयारी अवस्थामा भएकाले प्रक्रिया पुरा भएका सबै भुक्तानी हुने वताउनुभयो ।

प्राथमिक्तामा समाजिक सुरक्षा भत्ता, तलव, बिद्यालयको भुक्तानीका साथै अति आवस्यक सबै भुक्तानी वैक खुला अवधिभरी हुने वताउनुभयो । यस्तै शुभकालिका गाउँपालिका, पलाँता गाउँपालिका र नरहरीनाथ गाउँपालिकाले पनि खाता सञ्चालनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय वाट सिफारिस ल्याएर वैक खाँता सञ्चालन गर्न थालेका छन ।

खाँडाचक्र नगरपालिकाले सबै भन्दा पहिला खाता सञ्चालनमा ल्याएर भुक्तानी प्रक्रिया सुरु गरेपनि आफु माथि दवाफ आउने गरेको कर्मचारीको गुनासो छ । सबैले मेयरको राजनिति आस्थामा जोडेर आलोचना गर्ने गरेको कर्मचारीको गुनासो छ । खाँडाचक्र नगरका प्रमुख प्रशासकिय अधिकृत खड्कप्रसाद उपाध्यायले सबै भन्दा पहिला चालु आर्थिक वर्षको भुक्तानी प्रक्रिया सुरु गरेपनि पुरानो आर्थिक वर्षमा वजेट फिज गएको र नगरप्रमुखको राजनिति आस्थाका आधारमा आफु लगाएत कर्मचारी माथि दवाफ आउने गरेका गुनासो गर्नुभयो ।

हामीले कर्मचारी अभावकै बिचमा पनि सबै सिस्टममा लिन खोजेको र समयमा उपभोक्ताले भुक्तानी दावी नगरेकाले अन्तमा राती १२ वजेट कोलेनिकाको सिस्टम नै वन्द भएकाले केही वजेट फ्रिज गएको कुरालाई जोडेर चक्रो आवजले वोल्नु राम्रो नभएको वताउनुभयो । २१ गते वाट दशै सुरु घटस्थापना हुने र सो दिन बिदा छ ।

२२ गते वैक सञ्चालन हुनेछन भने २३ गते शनिवार परेको छ । २४ र २५ गते मात्र वैक सञ्चालनमा आउने भएकाले खाँडाचक्र वाहेक अरु स्थानीय तहको भुक्तानीमा समस्या हुने अनुमान गरिएको छ । जिल्लाको रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र तिलागुफा नगरपालिकालेले चालु आर्थिक वर्षका लागि खाता सञ्चालन गर्न सिफारिस समेत नलिएको वताईएको छ ।