जनक बर्तौलालाई चेतावनी : अराजकहरुलाई नागढुङ्गा कटाएको याद छ की छैन?

असाेज १०,सुर्खेत। नेपाल राष्ट्र भित्र माओवादी केन्द्र नामक एउटा टोलको क्लब स्तरिय पार्टीको हैसियतमा रहेर बिदेशी दलाल एबं प्रतिकृयावादीहरुको पक्षपोषण गर्दै हिडेका, हात्तीछापबाट नव मण्डले बनेका लुटेरा एबं अपराधीहरुको समूहले अहिलेको परिस्थितीमा पनि बिगतमा झै हत्याहिंसा गर्दै लुट्न, ठग्न र भ्रष्टचार गर्न नपाएपछी आफूलाई भ्रम शृजना गर्ने कारखानाको रुपमा बिकास गर्दै सामाजिक संजाल र मिडियाहरुमा आफ्नै आधारस्थम्भमा एउटा उच्च व्यक्तित्व निर्माण गरेका; युवामाझ लोकप्रिय नेता, महेश बस्नेतलाई धम्की दिने जमर्को गरेको पाइयो ।

सस्तो लोकप्रियता कमाउन जनक बर्तौला नामक माओवादको खोल ओडेका कठपुतलीले नेपालको युवा आन्दोलनका बाघलाई भिडन्तको निम्तो दिएको सुनेँ ! बैचारिक सैदान्तिक एबं नैतिक रुपमा पतित भएका सामाजिक फटाहाहरुले महेश बस्नेतलाई पाखुराको धम्की दिनु ठुलो कुरा भने होइन ।

जनक बर्तौला जस्ता अराजकहरुले, ती सोझा साझा मान्छे हत्या गरेका र घरबार लुटेका दिनहरु गाऊ खाने कथामा सिमित भैसकेको कुरा बुझ्न जरुरी छ की छैन ? अब लुट्न, ठग्न, हत्याहिंसा गर्न र अपराध गर्न पाइदैन भन्ने कुरा हेक्का राख्नू पर्छ की पर्दैन ?

यो कुनै युद्दकालिन समय होइन भन्ने कुरा दरिद्र मानसिकता बोकेका जनक बर्तौलाले बुझ्न पर्यो की परेन ? अपराधीक युवाहरुको जत्था अर्थात वाईसीयलाई उही बेला नै नागढुङ्गा कटाएको याद छ की छैन ? यदि याद छैन भने जनक बर्तौलालाई नैनीताल पठाउन म आफै सक्षम छु ।लेखक- धीरेन्द्र आचार्य,