युवा संघ नेपाल शुभकालिकाको प्रथम भेला सकियो अध्यक्षमा प्रताप बोहोरा चयन

खडानन्द अधिकमरी फागुन २८,कालीकोट।   नेपाल कम्युनिस्ट पार्टि एकीकृत समाजवादी निकट युवा संघ नेपाल शुभकालिका गाउँपालिकाको प्रथम भेला सनिवार सम्पन्न भएको छ । भेलाले प्रताप बोहोराको अध्यक्षतामा युवा संघ नेपाल गाउँ कमिटीको गठन गरेको हो । गठित संघको उपाध्यक्षमा कमल सुनार,किष्ण तिमिल्सीना र लंक सेजुवाल सचिवमा भक्ती प्रसाद अधिकारी,उपसचिवमा ज्योति सुनार,यज्ञ बिक र डिल शाही का साथै कोषाध्यक्षमा करुण कुमारी शाही रहेको संघमा ५१ सदस्य कमिटी गठन गरीएको नवनिर्वाचित अध्यक्ष प्रताप बोहराले जनाकारी दिनु भयो ।

युवा संघ नेपाल कालिकोटका जिल्ला कमिटी सदस्य बलिराज शाहीको अध्यक्षता ,नेपाल कम्युनिस्ट पार्टि एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य तथा युवा नेता जजराज शाहीको प्रमुख आथित्यता,युवा संघ नेपालका केन्द्रिय सचिव केशन बहादुर शाहीको बिषेस आथित्यतामा गठन भएको कमिटीले सनिवारनै पहिलो बैठक सम्पन् गरेको छ ।

बैठकले महिनामा एकदिन श्रमदिनका रुपमा गाउँपालिकामा सरसफाइ ,वृक्षारोपणको क्षेत्रमा काम गर्ने ,मासिक बैठक महिनाको ३ गते बस्ने लगाएतका निर्णय गरेको जनाइएको छ । कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यक्रमका प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य युवा नेता जजराज शाहीले देश बिकास तथा परिर्वतनको जिम्मा युवाहरुको हातमा रहेकाले सबै युवाहरुले सकारात्मक सोचकासाथ गाउँको बिकासमा लाग्नु पर्ने बताउँनु भयो ।साथै उहाँले शुभकालिका गाउँपालिकामा आफ्नो पार्टिको जित सुनिश्त भएकाले कोहि कसैको भरममा नपरि आफ्नो पार्टि एकीकृत समाजवादीमा गोलबन्द हुन सबै नेता कार्यक्रतालाइ आग्रह समेत गर्नु भयो ।

यस्तै कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिब केशन बहादुर शाहीले युवा संघ नेपाल बिभिन्न समयमा देशमा हुने नराम्रा कामको पहरेदारी गरेकै कारण सडकको बाघ संगठन र परिवर्तनको संवाहक भयको प्रस्ट पार्नुभयो । साथै समृद्धिको यात्राबाट समाजबाद सम्म पुग्ने युगान्तकारी लक्ष्य लाई आत्मसाथ गरेर अगाडी बडेका युवाहरुका लागी देशमै रोजगारी शिर्जना, सिपबिकास तालिम लगायत नेतृत्व बिकासका कामलाई समाजबादी पार्टीले प्रमुख मुद्धाको रुपमा अगाडी बडाउने बताउनुभयको थियो ।