एमालेले भन्यो, ‘संसदमा मर्यादित ढंगले विरोध गर्नुहोला’

काठमाण्डाै – नेकपा एमालेले संसद बैठकमा विरोध गर्दा शिष्ट बन्न सांसदहरुलाई आग्रह गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले सांसदहरुलाई शिष्ट र मर्यादित भएर विरोध गर्न निर्देशन दिने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

सभामुख अग्नि सापकोटाको मनोमानीको कारण संसदमा अहिलेको अवस्था आएको भन्दै विरोध गर्ने सांसदलाई अनुशासन र मर्यादाभित्र बस्न पनि बैठकले निर्देशन दिएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले भोलि दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको पनि नेता भट्टराईले जानकारी दिनुभयो ।