
कार्तीक १५ कालिकोट। खाँडाचक्र नगरपालिका-१ ले अब्यबस्थित पाईपलाईहरु हटाउनसुरु गरेको छ । खाँडाचक्र नगरपालिका -१ को जिल्ला प्रशासन कार्यालय ,खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालय ,जिल्ला समन्वय समिती र जिल्ला प्रहरी कार्यालयको पुरानो मेश,खाँडाचक्र नगरपालिका- ११ जाने ग्रामिण सडकमा जोडिएको ३० वटा अब्यबस्थित खानेपानी पाईपलाईहरु काटिएको हो।
खाँडाचक्र नगरपालिका वडा नम्वर-१ ले बेला,बेलामा अब्यबस्थित ढंगले जोडिएका खानेपानीका पाईपहरु हटाउन भनि परिपत्र गरेपनि सुचनाको अबज्ञा गरि पाईपलाईन नहटाए पछि वडा नम्वर-१ ले पाईप काट्न सुरु गरिएको हो।
अब्यबस्थित पाईपहरु काटिएपछि आज धामाधम आफ्ना पाईपहरु गाड्न लागिरहेका छन।मान्म बजारमा छाडा छोडिएका पशु चौपायाहरुलाई नियन्त्रण गर्न धेरै पटक सुचना गर्दापनि पशुधनिहरुले अटेर गरिरहेको र यसको पनि कार्बाहि कार्य अगाडि बढाईने वडाध्यक्ष धर्मराज टमाटाजानकारी दिए। अब छाडा पशुचौपाय नियन्त्रण र खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पुर्नरगठन छिटै गरिने उनले बताएका छन्।
karnalipress
१७ कार्तिक २०७९, बिहीबार ०८:२८