
मान्म २५,कार्तिक। नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु र राष्ट्रीय युवासंघ नेपालले खाना पठाउने ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
अनेरास्ववियु कालीकाेटका संयाेजक धर्मराज शाही,युवासंगका संयाेजक ज्ञानेन्द्रजङ शाही ,केन्द्रीय सदस्य रवीन्द्र शाहीलगाएको टाेलीले बिहीबार कालीकाेट जिल्लाकाे मान्म बजारमा विरोध र्यालीगरी मूल्यबृद्धिको निर्णय कार्यान्वयन नगर्न चेतावनी दिएका हुन् ।
सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई ईन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरेको हुदा आफुहरुले विरोध गर्नपरेकाे अनेरास्ववियु कालीकाेटका संयाेजक धर्मराज शाहीले बताउनुभयो।
साथै जिल्ला भरीका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आहन गरीएकाे छ।



karnalipress
२५ कार्तिक २०७८, बिहीबार १५:४५