सेवाग्राहीलाई मोवाईल चार्जर सेवा सुरु

असोज १०,कालिकोट। जिल्ला प्रसासन कार्यालय कालिकोटले सेवाग्राहिहरुलाई मोवाईल चार्जर वाईफाई सेवा दिन सुरु गरेको छ । गाँउबाट बिभिन्न कामले जिल्ला प्रसासन कार्यालय कालिकाटमा सेवा लिन आउने सेवा ग्राहिहरुको समस्यालाई मध्यनजर गरि आपतकालिन सेवाकालागि मोवाई चर्जर इन्टरनेट सेवा र वाईफाई सेवा संचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारि देबेन्द्र श्रेष्ठले बताउनुभयो ।

बदलिदो अहिलेको प्रबिधि युगमा सेवाग्राहिहरुको आबश्यक्तालाई मध्यजनर गरि सेवा प्रदान गरिएको अधिकारी श्रेष्ठले बताउनुभयो । जिल्लाको सरकारि कार्यालयको मुख्य कार्यालय जिल्ला प्रसासन कार्यालयबाट यस्तो सेवा दिएपछि अन्य कार्यालयका लागि सिकाई होस भन्ने उदेश्यले यस्तो सेवा सुचारु गरेको श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कालिकोट कार्य संचालनको हिसावले उत्कृष्टमा परेको छ ।यस्तै प्रमुख जिल्ला अधिकारि कृष्ण प्रसाद आर्चायपनि प्रबल सृजनसेवा बिधाबाट बिभुसित समेत भैसकेका छन ।