बालि बिमा र खाद्यान्नको आपूर्ति पहिलो प्रथमिकता

कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका नवनिर्वाचित अध्यक्ष गोविन्द प्रसाद आचार्यले गाउँपालिका बासिलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताएका छन्।

पालिकामा पाकेको गहुँबालि असिनाले सखाप पारेपछि नागरिकहरु भोकले मर्ने त्रासमा रहेको भन्दै अध्यक्ष आचार्यले मानिसको जिवनमा सबै भन्दा बढि आबस्यक भनेको गाँस,वास र कपास भएको हुदा नागरिकहरुका आबस्यकता पूरा गर्न बालि बिमा र खाद्यान्नको आपूर्ति पहिलो प्रथमिकतामा राखेको बताए ।

उनले भने जनप्रतिनिधिको दायित्व भनेको नागरिकले दुख गरेर लगाएको गहुँ वालि असिनाले नस्ट गरेकाले नागरिकहरु चिन्तित छन् म सबै भन्दा पहिला नागरिकहरुको समस्या समाधान गर्नेमा लागि परेको बताएका छन् ।