बर्थिङ सेन्टरको अनुगमन

  निस्ता कार्की
चैत्र १३, कालीकोट ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्बर ४ चिउरेलामा रहेको बर्थिङ सेन्टरको अनुगमन गरिएको छ। प्रजनन् स्वास्थ्यमा सुधार र बालविवाह रोकथाममा काम गरिरहेको आई एन.एफ नेपाल र स्वास्थ्य सेवा कार्यालय कालीकोटले बर्थिङ सेन्टरको अनुगमन गरेको हो । स्थानीयलाई वडाबाट प्रसूति सेवा लिन सहज होस् भन्ने उदेश्यले बर्थिङ सेन्टरमा आवश्यक सम्पूर्ण स्वास्थ्य उपकरण सहयोग गरेको आइ.एन.एफ नेपालका जिल्ला संयोजक दल बहादुर बुढाले बताए ।

उनले भने लक्षित समुदायका किशोरकिशोरी महिलाहरुको प्रजनन् स्वास्थ्य आवस्थामा सुधार,समानता,बालविवाह न्यूनिकरण गर्नका साथै महिला पुरुषहरुलाई उचित स्वास्थ्य सेवाहरुको महत्वको बारेमा चेतना स्तरमा सुधार ल्याउन खाँडाचक्रमा आइ.एन.एफ नेपालले काम गरिरहेको बताए । गाउँमै बर्थिङ सेन्टर हुदा प्रसूति सेवा लिन सहज भएको जिल्ला अस्पताल कालीकोटका प्रमुख भिष्म पोखरेलले बताए । बर्थिङ सेन्टर अनुगमनगर्दै उनले प्रसूति सेवा दिन उपयुक्त रहेकाले जिल्ला अस्पतालले यसलाई मान्यता सहितको अनुमती दिएको बताए ।

गाउँमै बर्थिङ सेन्टर हुदा प्रसूति सेवा लिन सहज भएको स्थानीय कोकिला नेपाली बताइन् । उनले भनिन ‘अहिले पनी बच्चा जन्माउन जिल्ला अस्पताल जानुपर्ने बाध्यता थियो । हाम्रो गाउँका महिलाहरुले अब गाउँमै प्रसूति सेवा लिन पाउने कुराले धेरै खुसी छु।’ उनले उक्त बर्थिङ सेन्टरमा सोही दिन बच्चा समेत जन्माएकी छन् ।

ग्रामीण भेगमा मापदण्ड अनुसारका बर्थिङ सेन्टर नहुँदा सेवा दिन समस्या हुने गरेको छ। आदर्श धलपुरा स्वास्थ्य आमा समुहको आयोजना तथा खाँडाचक्र नगरपालिकाको समन्वय आइ.एन.एफ नेपाल कालीकोटको सहजिकरणमा चिउरेला बर्थिङ सेन्टरको सयुक्त अनुगम गरीएको आइ.एन.एफ नेपालका महेश संज्यालल बताए । खाँडाचक्र नगरपालिकाले भवन मर्मतको लागि पाँच लाख आर्थिक सहयोग गरेको उनको भनाई छ। बर्थिङ सेन्टर आधारभूत स्वास्थ्य इकाइ भित्र भएकाले स्थानीयलाई सहज भएको इकाइ प्रमुख राजेन्द्र विकले बताए । उनले प्रसूति सेवा दिन आफुहरुलाई पनी सहज भएको बताउदै अझै प्रभाव कारी बनाउन तालिमप्रप्त नर्शको ब्यवास्थापन गर्न नगरपालिकालाई अुनुरोध गरे ।

 

यस्तै आदर्श धौवलपूरा स्वास्थ्य आमा समूहको समेत अनुगमन गरीएको छ। आमा समूहले गरेका प्रजनन् स्वास्थ्य,बालविवाह रोकथामा लगाएतका विषयमा जानकारी दिदै अस्थायी साधनको प्रयोग प्रजनन् स्वास्थ्य बारे जानकारी लगाएतको विषयमा गरेका राम्रा कार्यको बारेमा जानकारी लगिएको छ।