
भाद्र १३,कालीकोट। कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका २ अन्तगर्त कर्णाली करिडोरको आम्तडामा भएको वोलेरो जिप दुर्घटनाको नेपाल कम्यूनिष्ट पार्टी एमाले दुःख ब्यक्त गरेको छ।
दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ का चालक बिक्रम गिरीको घटना स्थलमै मृत्यु भएको र ११ जना घाईते भएका छन ।उक्त दुर्घटना घाईते भएका सम्पुर्ण यात्रुहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईते हरुको यथाशिर्घ उपचारका निम्ती राज्यले पहल गर्न सरकारलाई ध्यानाकर्षण गर्दै दुःख ब्यक्त गरेको हाे।
बिगत केही बर्ष यता सुचारु भएको कर्णाली करीडोर सुधार नगर्दा नागरीकले दुर्घटनामा ज्यान गुमाउनु परेको छ।राज्यले सडक मर्मत सम्भार नगरेकाले सम्पुर्ण जिम्मा राज्यका निकायले लिई पिडितलाई क्षती पुर्तीको ब्यावस्था गर्न नेकपा एमालेले जोडदार माग गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ।




karnalipress
१३ भाद्र २०७८, आईतवार १६:३५