पेस्तोलसहित एक जना पक्राउ

भाद्र १९,दाङ। स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित दाङको घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई ठेगाना भई अहिले घोराही १३ बडहरा बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगर रहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

घोराही १३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्बरकोे स्कुटी मुनि रातो प्लाष्टिकभित्र लुकाइ राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउनण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।