२ जना कृषकलाई उन्नत जातका बाख्रा बितरण ।।

रुकुम योगि – कालिकोट

सान्नी त्रिवेणि गाउँपालिका वडा नं ४ का २ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । वडा नं ४ मा रहेका अती गरिब बिपन्न आयआर्जन नभएका २ जनालाई उन्नत जातको बाख्रा वितरण गरिएको हो ।

वडा नं ४ का कपुरे विक र अज ऐडिलाई उन्नत जातको बाख्रा वितरण गरिएको वडा अध्यक्ष देव नाथ योगिले बताए । बाख्रा पालन गरेर केही आर्थिक अबस्था सुधार होस र घर खर्च चलाउन सजिलो होस भनेर गरिब विपन्न २ जनालाई वितरण गरिएको वडा अध्यक्ष योगिले बताए ।

वडा सरकारले बाख्रा दिएपछि राम्रो शीत पालन पोषण गरेर आफ्नो आम्दानि बढाउने कपुरे तिरुवाले बताए । उनले भने स्थानिय सरकार आएको बल्ल महशुस भयो । आफुले दिएको भोट सदुपयोग भयो भन्ने लागेको छ । हामी गरिब बिपन्न परिवारको लागि पनि स्थानिय सरकार रहेछ भन्ने अनुभुति भएको अज ऐडिले बताए । वडा कार्यालयवाट गरिब बिपन्न परिवारका लागि यस्तै सहयोग गरिरहने अध्यक्ष योगिले बताए ।