माघ १७, कालिकोट। महाबै गाउँपालिकाले एक गाउँबाट अर्को गाउँ सम्म पुग्नकालागि पक्की घोडेटो बाटो निर्माण गरेको छ । महाबै गाउँपालिकाको ओदा, नकुगाउँ र औलगेला जोड्ने गरी पक्की घोडेटो बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। महाबै गाउँपालिकाको पहिलो प्राथमिकता अनुसार पिसिसि घोडेटो बाटो निर्माण गरिएको वडा नं. ३ का अध्यक्ष पदम बहादुर सिंहले बताए ।
प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार र पालीकाको अनुदानमा गरी करिव १ करोडको लागतमा पिसिसि बाटो निर्माण गरिएको हो। गाउँमा पिसिसिबाटो निर्माण सुरु भएपछि स्थानीय खुशी भएका छन् । बाटो निर्माणले गाउँको स्वरुपनै फेरिदिएको स्थानीयको भनाइ छ । बर्षामा हुने हिलाम्मे बाटोले दिक्क भएका स्थानीय नागरिक र स्कुले बिद्यार्थिका लागि धेरै सहज हुने भएको छ ।
karnalipress
१७ माघ २०७९, मंगलवार १८:०६