
२९मंसिर,कालीकोट। जिल्लाको शुभकालिका गाउँपालिकाको वडा नं.७ र ८ लाई बाल विवाहनिषेधित वडा घोषण गरीएको छ । आज एक कार्यक्रमका बिच वडा नं ७ र ८लाई कर्णाली प्रदेशकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरीएको हो ।
सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटको सहयोग र शुभकालिका गाउँपालिकाको आयाेजनामा आज कर्णाली प्रदेशकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरीएको हो ।
किर्डाक नेपालद्धारा संचालित परीयोजना कार्यक्रमले दुई वर्ष देखी बालविवाहका वारेमा बिभिन्न रुपमा सहजिकरण गर्दै आई रहेको थियो ।बाल विवाहा ९० प्रतिशतमा घटेकाले शुभकालिकामा वडा बालवि वाहा निशेधित गर्न सफल भएको परीयोजना संयोजक प्रकास शाहीले जानकारी दिनु भएको छ ।
शुभकालिका गाउँपालिका वडा नं ७ का वडाध्यक्ष जनक शाहीको अध्यक्षता, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द्र चौलागाईको प्रमुख आथित्यता, जिल्ला समन्वय समितिका सदस्य बिर्ख शाही, सेभ द चिल्डे्रन सुर्खेतका बरीष्ठ कार्यक्रम संयोजक जुठीराम चौधरी, किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डे,बाले बिस्वक्रर्मा, प्रकास शाही र स्थानियवासीको उपस्थितिमा कार्यक्रम गरीएको थियो ।




karnalipress
२९ मंसिर २०७८, बुधबार २०:००