स्थानीयतहले मनाए अन्तराष्ट्रिय महिला दिवश

ललित बिष्ट फागुन २५,मान्म। कालिकोटका नौ स्थानीयतहले ११२ औँ अन्तराष्ट्रिय महिला दिवश विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएका छन्।

तिन नगरपालिका र छ गाउँपालिकाले आफ्नो पालिकाको केन्द्रमा पालिकाभरीका महिलाको सहभागितामा दिवश मनाएको हो ।

खाँडाचक्र नगरपालिकाको महिला शाखाले जिल्ला समन्वयमा भव्य समारोहका बीच महिला दिवस मनाएको छ ।

समाजिक न्याय र लैङगीक समानता, दिगो बिकास सुनिश्चितत भन्ने मुल नाराका साथ कालिकोटमा ११२ औ अन्तराष्ट्रिय महिला दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको थालनी गरिएको हो ।