रुडुमा फैलिएको भाइरल रोक ईफ्लुएन्जा(वि भाईरस पुष्टी

असार ३१, कालिकोट । असारको तेस्रो हप्ता तिलागुफा नगरपालिका–१० रुडुमा फैलिएको रोग ईफ्लुएन्जा वि भाईरस पुष्टी भएको छ । त्यहाँको रुडु गाउँमा फैलिएको भाइसरले एक जनाको मृत्यु भएको थियो । १ सय ७८ जना बिरामी परेका थिए ।

गाउँमा सबै बिरामी परेको खबर पाएपछि तत्काल तिलागुफा नगर अस्पताल प्रमुख डाक्टर टंक प्रसाद आर्चाय सहितको स्वास्थ्य कर्मीको टोली र स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा जिल्लाबाट गएको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोलीले रुडु पुगेर बिरामीको चेकजाँच गरेको थियो ।

३ सय ११ जनाको चेक जाँच गरिएको थियो । जस मध्य ९ जनाको रक्त नमुना र १० जनाको स्वाप संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तिलागुफामा फैलिएको रोग ईफ्लुएन्जा वि भाईरस भएको पुष्टि गरेकाे स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले बताउनु भयो । यस रोगले बालबालिकालाई बढी असर गर्ने भएकाले सुरक्षित रहन स्वास्थ्य सवा कार्यालय कालिकोटले अनुरोध गरेको छ ।