
कालिकोट
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र बहादुर शाहीले कालिकोटको आवाज र कालिकोटको दुःख पीडालाई फेरी पनि संसदमा पुगाउनका लागि बाम लोकतान्त्रीक गठबन्धनको जित आवश्यक रहेको बताउनु भयो । उहाँले कालिकोटको विकास र समृद्धिका लागि यहाँको हरेक नागरिकहरुको जिवन स्तर वदल्नका लागि र कालिकोटको मुहार फेर्नका लागि पनि कालिकोटमा बाम लोकतान्त्रीक गठबन्धनको विजय आवश्यक रहेको बताउनु भयो ।
आसन्न मंसिर चार गते हुने प्रदेस सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कालिकोट जिल्लावाट बाम लोकतान्त्रीक गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शाहीले आफ्नो चुनावि अभियानका क्रममा विभिन्न ठाउँमा वोल्दै यस्तो बताउदै आउनु भएको छ । उहाँले पहिले पनि कालिकोटको आवाज संघमा पुगाएको र पुन पनि कालिकोटको आवाज संसदमा पुगाउनका लागि पनि आफ्नो जित आवश्यक रहेको बताउनु भयो ।
उहाँले आफुले विगतमा गरेका थुप्रै कामहरुको वारेमा जानकारी गराउदै केहि अधुरा रहेका सपना तथा योजनाहरु पुरा गर्नका लागि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार वनेर चुनावि मैदानमा आएको बताउनु भयो । कालिकोटको विकास गर्न सक्ने, यहाँका नागरिकहरुको जिवन स्तर वदल्न सक्ने, यहाँको दुःख पीडालाई राजधानि सम्म पुगाउने व्यक्ती जिताउन कालिकोटका मतदाताहरु मंसिर ४ को पर्खाइमा रहेको र आफ्नो जित शुनिश्चत रहेको बताउनु भयो ।
उहाँले संविधानको रक्षा गर्दै संघियतालाई पुर्ण रुपमा कार्यन्वयन गर्न, देशमा दिगो शान्ती, सुरक्षा, सुशासन, विकास र समृद्धि हासिल गर्न, कर्णाली प्रदेश र कालिकोट जिल्लामा सुरुवात गरिएका रणनैतिक महत्वका विकास, परियोजनाहरु, फुकोट जलविधुत आयोजना, केबलकार लगायतका योजना सम्पन्न गर्नका लागि पनि आफुले जित्नु पर्ने आवश्यक रहेको बताउनु भयो । यस्तै जनयूद्धमा शहिद वेपत्ता परिवार, घाईते, अपांगता भएका र उत्पिडीत समुदाय दलित महिला विपन्न नागरिकहरुको जिवन स्तर वदल्न गरिवि अभाव भोकमरी लगायतका अभावै अभाव , कर्णाली प्रदेशको पछिल्लो नकरात्मक पहिचान बदल्न र समृद्ध कर्णाली सुखारी कर्णाली वासिको उद्देस्यलाई पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
- उहाँले यी ठूला विकासे योजना तथा समाज परिवर्तनका आधार अन्य व्यक्तिले गर्न नसक्ने समेत ठोकुवा गर्नुभयो । उहाँले आफु विजयी भएमा पहिलो वर्षमै सुनथराली विमान स्थल संचालन गर्ने, गाउँ गाउँ सम्म सडक संचालन गर्ने, सबै बस्तीमा विधुतीकरण गर्ने, ठाउँ ठाउँमा मोटरेवल पुल निर्माण गर्ने, प्रतेक पालिकामा १५ सैयाको अस्पताल बनाउने, विकट क्षेत्रमा फाईवर ईन्टरनेट सेवा पुगाउने, आर्थिक आत्मनिर्भरताको बाटोमा बघि बढाउन र मान्म कोटवाडा केवलकार निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।



karnalipress
१४ कार्तिक २०७९, सोमबार १७:४४