कांग्रेसको पदाधिकारीको बैठक बस्दै ,

 श्रावण ९, काठमाण्डौ –काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु भएको छ। बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्ने र अन्य अन्य अधिवेशनको तालिका हेरफेर गर्ने निर्णय गरेको थियो ।