कालीकोटमा १९ हजारभन्दा बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

ललित बिष्ट पुस २९,मान्म। कालीकोटमा १९ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । यहि पुस १२ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत १४ गतेसम्म १९ हजार ६ सय १३ जना बालबालिकाले मोर्डना खोप लगाएका छन् । कालीकोटका ९ओटै स्थानिय तहका विद्यालयहरू र खोप केन्द्र तोकेर खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभाग पारिवार कल्याण महाशाखाको खोप शाखाले दिएको लक्ष भन्दा बढि बालबालिकाले खोप पाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले बताए ।

उनले भन्ने ‘खोप शाखाको१८ हजार २ सय ७२ जनालाई खोप लगाउने लक्ष रहेको थियो । हामिले सबै बालबालिका विद्यालयमा नहुने हुदा खोजि,खोजि खोप अभियान सञ्चालन गरेर  १९ हजार ६ सय १३ जना बालबालिकाले मोर्डना खोप लगाएका हुन् ।’

उनका अनुसार १२ वर्षदेखि १७ वर्ष मुनिका पँलाता गाउँपालिकामा २ हजार ५ सय ६ जना, पचालझरना गाउँपालिकामा १ हजार ७ सय २१जना, रास्कोट नगरपालिकामा २ हजार ५ सय ४२,सान्नीत्रिबेणी गाउँपालिकामा १ हजार ९ सय ६१, नरहरीनाथ गाउँपालिकामा ३ हजार ६ सय ६८, खाँडाचक्र नगरपालिकामा २ हजार ५ सय ६३, तिलागुफा नगरपालिकामा १ हजार ७ सय १०, महावै गाउँपालिकामा १ हजार ४२, र शुभकालीका गाउँपालिकामा १ हजार ९ सय जना बालबालिकालाई खोप लगाइएको हो । जम्मा १०७ प्रतीसत बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोपको पहिलो मात्रालगाउन सफल भएको स्वास्थय सेवाकार्यालय कालीकोटले जनाएको छ ।खोपको द्रोस्रोमात्रा माघ ३ देखि सुरुहुने छ

खोप लागाउन लाईनमा बालबालिका तस्वीरः ललित बिष्ट