![](https://karnalipress.com/wp-content/uploads/2024/06/received_3605230763059602.jpeg)
रास्कोट नगरपालिकाका दुई वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । वडा नं. ४ र ९ मा बालविवाहको दर शून्यमा झरेपछि बालविवाहमुक्त घोषणा गरिएको हो । बालविवाहलाई सामाजिक अपराधकोरुपमा लिएर एक वर्षको अवधिमा कसैले बालविवाह नगरेकाले वडा नं ४ र ९ लाई दुई दिनको फरकमा बालविवाह मुक्त घोषणा गरिएको छ।
बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, पोषण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै रास्कोट नगरपालिकाले निर्माण गरेको बालविवाह विरुद्धको रणनीतिअनुसार धामीझाक्री, पण्डित, बालअभियन्ता, सामाजिक कार्यकर्ता परिचालन गरेर बालविवाहलाई सून्यमा झार्न सफल भएको वडा नं ४ का वडाध्यक्ष दिनेश संज्यालले बताए ।
बालविवाह सामाजिक र कानूनी अपराध भएकाले अन्त्य गर्न साझा प्रयास भएको छ । उनले भने, ‘कसैले बालविवाह गरे गराएमा सामाजिक बहिष्कार गरिनेछ ।’ बालबालिकाको हित विपरीत कसैले बालविवाह गरे कानूनअनुसार नगरपालिकाले कारवाही गर्ने नगर प्रमुख धर्मराज शाहीले बताए ।
रास्कोटमा गरिएको सर्वेक्षण अनुसार सन् २०२० मा ६७ प्रतिशत, २०२१ मा ६१, ०२२ मा ५१ र २०२३ मा ३२ प्रतिशतमा झरेको बालविवाह वडा नं ४ र ९ मा सून्य देखिएपछि वडा कार्यालयको आयोजनामा औपचारिक कार्यक्रममार्फत बालविवाह मुक्त घोषणा गरिएको सादा नेपालका कार्यक्रम संयोजक दलसिंह कुमालले बताए ।
बालविवाहले बालबालिकाको पठनपाठ्नमा अवरोध पु¥याएको सुनाउँदै महिला हिंसालाई पनि बढाएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगीले बताए । उनले सबै अभिभावकलाई आफ्ना नानीबाबुहरुले प्रगति गरेको देख्न चाहने भए उमेर पुगेपछि मात्र विवाह गरी दिन सुझाए ।
karnalipress
२८ जेष्ठ २०८१, सोमबार १६:२४