जनतालाई भ्रमित पार्न कर्णाली प्रदेश सरकार गाउँमा पसेको छः एमाले अध्यक्ष शाही

भाद्र २८,कालिकोट। नेकपा एमाले कालीकोटका अध्यक्ष नगेन्द्रवहादुर शाही नेश्नलले जनतालाई भ्रमित गर्न कर्णाली प्रदेश सरकार गाउँमा पसेको वताउनुभयो । उहाँले रास्कोटमा जनताको सहयोगमा वनेको अस्पताललाई असफल वनाउनका लागि शहिद स्मृती नामको अस्पताल वनाउने भनेर चुनावी नारा वोकेर प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही गाउँमा प्रवेश गरेको खुलासा गर्नुभयो ।

अध्यक्ष शाहीले रास्कोटमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा वोल्दै सो कुरा वताउनु भएको हो । अध्यक्ष शाहीले झुटको खेती गदै सत्तामा पुग्ने महेन्द्र वहादुर शाहीको योजना अव जनताले राम्रो संग वुझेको भन्दै यस्ता झुटका भारी वोकेर गाउँमा नआउन मुख्यमन्त्री शाहीलाई सुझाव समेत दिनुभयो ।

प्रदेशको मुख्यमन्त्री भएर आफ्नो नजिकका कार्यकर्ताको भरण पोषणमा लागेका मान्छे आएर गाउँका सर्वसाधारणलाई फेरी पनि भोट वैक नवनाउन आग्रह गर्नुभयो । सभामा वोल्दै एमले कर्णाली प्रदेश कमिटि सदस्य भरतराज धितालले एमालेलाई बिभाजन गरेर आगामी दिनमा पनि कालीकोटमा आफ्नो सहभागीता गराउन सकिन्छ की भनेर माओवादीले सपना देख्न सुरु गरेको वताउनुभयो ।

केही प्रयोग हुने अवसरवादीलाई प्रयोग गरेर माओवादीले आफ्नो झुटको खेतीलाई हरावरा गराउने प्रयास गरिरहेको वताउनुभयो । नगरकमिटिको अध्यक्ष जसि रोकायाको अध्यक्षतामा आयोजित भेलामा प्रदेश कमिटि सदस्यहरु, गगन वहादुर शाही, बिरेन्द्रवहादुर वोगटी, जसिप्रसाद पाण्डे, जिल्ला उपाध्याक्ष रमेश कुमार शाही, रास्कोट नगर इन्चार्ज तथा संगठन बिभाग प्रमुख दयाराम सिम्खडा, जिल्लासदस्य दुर्गवहादुर शाही, बिमल शाही, आशोक कुमार शाही मोर्चाका केन्द्रीय सदस्य हर्सिग सार्की लगाएतका नेताहरुले सभालाइ सम्वोधन गरेका थिए ।