बढ्दै बलात्कारका घटना

ललित विष्ट असार ८,कालिकोट । पछिल्लो समय समाजमा बढ्दो अपराधको रूप लिइरहेको बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन्। सानी बच्चीदेखि हजुरआमाको उमेरका महिलाहरूसम्म बलात्कारको शिकार भइरहेका छन् । कतिपय बालिका र महिलाको बलात्कारपछि हत्या भएको छ । बलात्कारले महिलालाई शारीरिक मात्र नभइ मानसिक रूपमा पनि त्यत्तिकै असर पु¥याउँछ ।

कालिकोटभर बलात्कार विरुद्धका अभियान,कार्यक्रमहरु सञ्चालन गरिए पनि बलात्कारका घटनाहरु प्रत्येक वर्ष बढि नै रहेको कालिकोट प्रहरीको तथ्यांकले देखाएको छ । जसमध्ये आर्थिक अवस्था कमजोर भएका,विपन्न,अपाङ्गता भएका,नाबालिका,गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन् ।

कर्णालीमा दिनानुदिन बलात्कारको घटनाहरू बढिरहेको छ । अचम्मलाग्दो कुरा त के छ भने मानिसहरू शिक्षित र सभ्य भएका रिपोर्ट सार्वजनिक हुँदै गर्दा हत्या, बलात्कार, लुटपाट, अपहरणजस्ता जघन्य अपराध बढ्दै गइरहेका छन ्।

कालिकोट जिलामा पछिल्लो वर्ष बलात्काका घटना वढ्न थालेका छन्। जिल्ला प्रहरी कार्यालयमा बलात्काको घटना दर्ता गर्नेको सख्या बढेको हो । पहिलेका वर्षहरुमा प्रहरीमा नआउने मुद्दा अहिले दर्ताहुने गरेका छन्।

घटना १– १४ र्षीया बालिका ६७ वर्षीय वृद्धबाट बलात्कृत
वैशाख ११ गते १४ वर्षीया बालिकालाई ६६ वर्षीय वृद्धबाट बलात्कृत भइन्। प्रहरीले बलात्कार आरोपी ६७ वर्षीय तिलागुफा नगरपालिकाका खाम्मा रानालाई पक्राउ ग¥यो । फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाको बुवाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्रउ गरे । उनको अनुसन्धान सुरु गरेको छ। यता बालिका अझै उपचारमा रहेको प्रहरीले जनाएको छ ।

घटना २– महिला बलात्कृत
गत सोमबार (जेठ १६ गते) रास्कोट नगरपालिकाका ५८ वर्षिया अविलाल धमलाले बलात्कार गरे । आफुमाथि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपीविरुद्ध मुद्दा दर्ता गराएका छन्। यता प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिई अनुसन्धान गरेको र हाल आफन्तको जिम्मामा राखी थप अनुसन्धान चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना ३— दलित महिलामाथि बलात्कार
२०७९ असोज ३१ गते लाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढाले गाउँकै एक दलित महिलामाथि बलात्कार गरे । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि फरार रहेका बुढालाई प्रहरीले वैशाख ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

उल्लिखित घटनाहरू बलात्कारका केही प्रतिनिधि घटना हुन्। कालिकोटमा पछिल्लो समय बलात्कारका घटना बढ्दो क्रममा छ। यसै आर्थिक वर्षको हालसम्म जिल्लामा १५ जना बलात्कृत भएका छन् भने चारजनामाथि बलात्कारको प्रयास भएको छ ।

जिल्लामा नाबालिकाहरूमाथि समेत बलात्कार बढ्दो छ। चालू आर्थिक वर्षको काकिलोटमा हालसम्म बाल यौन दुराचारका दुई घटना सार्वजनिक भएका छन्। बलात्कार गर्नेमा वृद्धदेखि नाबालकसम्म रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ९ र ०७८/०७९ मा ८ र ०७९/८० को हालसम्म १५ वटा बलात्कारका घटना घटेको प्रहरीले जनाएको छ ।

यस्तो छ कानुनी व्यवस्था
नेपालमा बलात्कार तथा यौन जन्य अपराधका संबन्धमा विभिन्न कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

त्यस्तै, मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआइभी पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए दफा १ सय ५ बमोजिमको सजाय, अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।

१० वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे २० बर्षसम्म कैद हुने ब्यवस्था कानुनमा छ । १४ वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद हुने ब्यवस्था छ । १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म, १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्षसम्म कैदको व्यवस्था ऐनले गरेको छ ।

सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।