ब्यक्तिगत घटनादर्ता सम्बन्धि तालिम मान्ममा सुरु

चेैत १६,कालीकोट । ब्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सूचना प्रणाली भिइआरएसपी—मिस सञ्चालन सम्बन्धी ३ दिने तालिम मान्ममा सुरु भएको छ।स्थानीय निकायहरु वडा कार्यालय, नगरपालिका तथा गाविसहरुले घटना दर्ता गर्ने प्रमाणपत्र दर्ता गर्ने र प्रतिबेदन तयार गर्नेजस्ता पञ्जीकरण सम्बन्धी तालिमको आयोजना गरिएको हो।

बैंक मार्फत भत्ता बितरण गर्दा लाभग्राहीहरुको बिवरण इन्ट्री गर्ने, नबिकरण गर्ने, लगायतका आवश्यक कार्यहरुको बारेमा तालिममा सहभागी तिलागुफा नगरपलिका र शुभकालिका गाउँपालिकाका वडा सचिव हरुलाई तालिमको बारेमा जानकारी दिइने भएको छ।

किर्डाक नेपाल कालीकोटका कार्यक्रम संयोजक रामबहादुर रावतको सभाअध्यक्षतामा सुरु गरिएको कार्यक्रममा परियोजना संयोजक प्रकाश शाहीले ब्यवस्थित तरिकाले ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा रेकर्ड ब्यवस्थापन गर्ने र सञ्चार प्रबिधी प्रणाली सम्बन्धी क्षमता बिकास गर्ने सबै वडामा ब्यक्तिगत घटना दर्ताको सफ्टवेयर प्रयोग गरि घटना दर्तालाई ब्यवस्थित रेकर्ड प्रणालीका सैदान्तीक र ब्यवहारिक पक्षको जानकारी प्राप्त गर्ने र गराउने यो तालिमको मुख्य उदेश्य रहेको बताए।

तालिमका प्रमुख प्रशिक्षक गायत्रीरमण घिमिरेले तालिममा उठाइएका प्रश्नहरुको बारेमा छलफल गर्ने र ब्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सम्बन्धी समस्याका बिषयमा प्रशिक्षण दिइने बताए।

बालबालिका सम्बन्धी ऐन २०७५ को ऐनले घटना दर्तामा गरेको ब्यवस्था र पारेका प्रभावहरुका बारेमा सरकारी वकील कार्यालय कालीकोटका दिपेन्द्र दनुवाँरले जानकारी गराएका थिए।सहभागीहरुले आफ्नो जिज्ञासा राख्दै वडा कार्यालयमा गरिने दैनिक काममा हुँने समस्या र चुनौतीका बारेमा प्रश्न राखेका थिए। तालिममा सामाजिक बिकास कार्यालयका शिव शंकर चौलागाई र दुइवटा स्थानीय तहका वडा सचिव लगायत कर्मचारीहरुको सहभागीता रहेको छ