
जेठ २५,कालिकोट। जिल्लाको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह(भिजन)ले कालिकोटका स्थानियतहले विकासको नयाँ मोडेल तयार गरि अगाडि बढ्नु पर्ने बताएका छन्। कालिकोट जिल्ला आयातमुखि मात्र भएकाले जिल्लामा गरीबिको दर बढी रहेको बताउदै स्थानियतह निर्वाचन २०७९ मा सबै पालिकामा युवाहरूको टिम बिजयी भएकाले युवाहरूले नयाँ काम देखाउन विकासको नयाँ मोडेल तयार गरि अगाडि बढ्नु पर्ने बताएका हुन्।
जिल्ला उद्योग वाणिज्य संघ कालिकोटले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह(भिजन)ले समाजवाद उन्मुख अर्थतन्त्र र हाम्रो संबिधानले राखेको उद्श्य पूरा गर्न कालिकोटका हरेक स्थानिय तहले एक उद्योग सन्चालन गर्न जरूरी रहेको बताएका छन्। उलेले सामाजिक सुशासनलाइ ध्यान दिदै कालिकोटको उत्पादीत बस्तुलाई स्थानिय तहले खरिद गरि प्रयोग गर्नु पर्ने बताएका हुन्।
उद्योग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षयतामा भएको कार्यक्रममा कालिकोटका ९ वटै स्थानिय तहका जनप्रतनिधिसहभागि रहेका थिए। बजार अनुगमन,मुल्यनियन्त्रण र उत्पादनमा उद्योग बाणिज्यसंघले थाल्ने अभियानमा आफ्नो साथ सहयोग रहने गाउँपालिका अध्यक्ष सिंहको भनाई रहेको थियो ।



karnalipress
२५ जेष्ठ २०७९, बुधबार ०६:२१