ललित बिष्ट जेठ ११,कालिकोट। जिल्लाकाे शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले लक्षित समुहकाे निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेकी छन् । गत बैशाख ३० गते सम्पन्न दाेस्राे स्थानिय तहकाे निर्बनचनमा निर्वाचित भएर पदभार ग्रहण गर्दै उनले यस्ताे निर्णय गरेकि हुन् ।
उनकाे पहिलाे निर्णयमा भनिएकाे छ, यस गाउँपालिकामा रहेका एकल महिला,अपाङ्गता भएका व्यक्ति,अति विपन्न,सहिद परिवारहरुकाे स्वास्थ्य उपचारमा सहुलियत प्रदान गरि स्वस्थ पुनर्जीवन दिन आबश्यक भएकाले तत् तत् घर परिवारकाे पहिचान गरि निशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरिएकाे छ । उपाध्यक्ष शाहीले जनताले दिएकाे जनमतकाे सम्मान गर्दै जनताकै सेवामा समर्पित हुने बताएकि छन् ।
अवकाे पाँच बर्ष शुभकालिका गाउँपालिकाकाे समग्र विकास र समृद्विको अभियानमा सबैकाे साथ र सहयाेगकाे खाँचाे रहेको गाउँपालिका अध्यक्ष गाेविन्द आर्चाय बताए। उनले भने ‘हामीले शुभकालिकामा स्वास्थ्य,शिक्षा,यातायात,पूर्वाधार,पर्यटन र राेजगारीलाई पहिलाे प्राथमिक्तामा राखेका छाैँ। जनताकाे आवश्यक्ता अनुसार विकास र सुशासनमा गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष आचार्याको भनाई छ।’
उनले शुभकालिका गाउँपालिका बासिलाई खाद्यान्न उपलब्ध गराउने निर्णय पनि गरेको बताएका छन्।पाकेको गहुँबालि असिनाले सखाप पारेपछि त्ररासमा रहेका नागरिकहरुको समस्या समाधान गर्ने लागि पर्ने बताएका छन् ।
गाउँपालिका भित्रका आमा बुबा गुमाएका टुहुरा बालबालिकाको लागि आवासिय विद्यालय स्थापना गर्ने र शुभकालिका गाउँपालिकामा अहिले सम्म सडक नपुगेको हुदा गाउँपालिकामा सडक निमार्ण,राष्ट्रिय प्रसारण लाईन जडान लगाएतका कामलाई पनि प्रथमिक्तामा राखेको अध्यक्ष गाेविन्द आर्चाय बताएका छन् ।
karnalipress
११ जेष्ठ २०७९, बुधबार १८:४३