
फागुन २१,दैलेख । दैलेखको एक गाउँ यस्तो छ,जहाँ हालसम्म राम्रो काम भएकै छैन्। न वडा कार्यालयमा सडक पुगेको छ। न ९ बर्षदेखि निर्माण अवस्थामा रहेको खिड्कीज्युला पिपलकोट सडक पूरा हुन सकेको छ ।गाउँमा बिजुली नि छैन् नागरिकले स्वच्छ खानेपानी पाएका छैनन् । गाउँ अन्धकारमै छ । स्थानीय नविन बिष्टले गाउँको दुख सुनाए ।
दैनिक उपभेग्य बस्तुकिन ७ घण्टा हिडेर खिड्कीज्युला बजार जानु पर्छ ,भारि बोक्न बाध्यछन यहाँका नागरिक उनले भने ‘गाउँमा स–साना टुक्रे योजना आउने तर त्यो पनि उपभोक्ता समितिले मिलेर खाने गरेकोले राम्रो बिकास नभएको बताए ।’
हालको आठबिस नगरपालिका –५ मापर्ने उक्त गाउँमा नगरपालिकाले विभिन्न बिकासे कामगरिरहेको बताएको छ । नगरप्रमुख खड्क उपाध्याले बिकास भने कुराक्रमश हुने भएकाले पहिला भन्दा अहिले केही सुधार भएको बताए ।



karnalipress
२१ फाल्गुन २०७८, शनिबार १६:४७