कर्णाली करिडोर खुल्न समय लाग्ने

कालिकोट। जिते देखि हुम्लाको सल्लीसल्ला सम्मको कर्णाली करिडोर अन्तगत कालिकोट खण्डकाे गाेब्रे भिड र खाेलिबजार सिमखेतमा गएको पहिराे पन्छाउन समय लाग्ने भएको छ।

पहिरोले करीडाेरमा ठूला ढूङगा खसेको हुदा अझै कर्णाली करिडोर खुलाउन समय लाग्ने भएको हाे।असाेज ३१ देखि चारदिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्घ भएको थियो ।

कर्णाली करिडोर निर्माणकाे जिम्मा पाएकाे नेपाली सेनाको कार्यदलले लगातार काम गरिरहेको छ तर करिडोरमा ठूलो पहिरो झरेका कारणले पहिरो पन्छाउन अझै दुई दिन लाग्ने नेपाली सेनाका मेजर प्रेम कार्की बताउनुभयाे।

उहाँका अनुसार करिडोरको दुई ठाउँमा ठूलो पहिरो खसेको छ,हामीले लगातार काम गरिरहेका छाैउ अवकाे केहि दिनमा कर्णाली करिडोरकाे पहिरो पन्छाएर सकिन्छ की।पहिरो पन्छाउन्दै गर्दा माथि बाट धेरै पहिराे खस्ने गरेको छ।

अहिले पनि कर्णाली करिडोरकाे पहिराे पन्छाउन नेपाली सेनाको कार्यदल खटिएको छ।समयमै पहिरो पन्छाउन नसक्दा हुम्ला,बाजुरा र पलाँता पचालझरनाका धेरै नागरिकले सास्ती खेप्नुपरेको छ।