चुनावमा सिंगल जाने नेपाली कांग्रेस कालिकोटकाे विशेष बैठककाे निर्णय

च‌ैत २६,कालिकोट।  नेपाली कांग्रेस कालिकोट आउदाे वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा सिंगल लड्ने निर्णय गरेकाे छ ।
कांग्रेस कालिकोटकाे विषेश समितिकाे बैठकले पाँच दलिय गठबन्धन भन्दा बाहिर रहेर सिंगल चुनावमा जाने निर्णय गरेकाे हाे ।
पाँच दलिय गठबन्धनकाे पटक पटक बसेकाे संयुक्त बैठकमा आ-आफ्नाे पार्टीको माग र भागवण्डानै नमिल्ने भएकाले नेपाली कांग्रेस अब सिंगल चुनावमा जानुकाे बिकल्प नरहेकाे कांग्रेस नेता माेतिराज बमले बताएका छन ।
पटक पटक संयुक्त बैठक बसियाे अहिले सम्म भागबण्डानै मिलेकाे छैन ।अब गठबन्धनमा जान सक्ने अवस्था नभयकाले विषेश बैठकले सिंगल चुनाव लड्ने निर्णय गरेकाे छ बमले भने।,

बिशेश बैठकमा कालिकोटमा बिरष्ट नेताहरूकाे सहभागिता रहेकाे छ ।यस्तै आफुले मागेजति नपायपनि कांग्रेस संस्थापन देउवा समुहका नेताहरू भने गठबन्धनमै जाने भित्री मनाेस्थिति मा देखिन्छ ।
एक नेताका अनुसार, चुनावि गठबन्धन निकै सकस देखियाे । भागबण्डामै अल्झिएका छाैँ अहिले सम्म सहमति भएकाे छैन । विशेष समितिले त सिंगल लड्ने निर्णय गरेकाे छ ।
हेराै सगभर अन्तत गठबन्धनमै जाने पनि देखिन्छ ।
विषेश समितिकाे बैठकमा सभापति अम्मबहादुर शाहीकाे पनि हस्ताक्षर रहेकाे बताईएकाे छ ।